अर्थ-वाणिज्य

कोषको आधिकारिक खातामा मात्र रकम जम्मा गर्न अनुरोध



काठमाडौँ, १८ असोज

अर्थ मन्त्रालयले भौतिक पूर्वाधार पुनर्निर्माण कोषको आधिकारिक खातामा मात्र रकम जम्मा गर्न अनुरोध गरेको छ ।

मन्त्रालयले आज विज्ञप्ति जारी गरि स्वदेश तथा विदेशमा यस प्रयोजनका लागि सङ्कलित रकम दुरूपयोग हुनबाट रोक्न र पारदर्शी तथा जवाफदेही ढङ्गले परिचालन गर्न भौतिक पूर्वाधार पुनर्निर्माण कोषको नाममा रहेको राष्ट्रिय वाणिज्य बैङ्कको खाता नं.– १९६०१००१०२०७०००४ मा मात्र  रकम जम्मा गर्न अनुरोध गरेको हो । 

सुशासन, सेवा प्रवाहमा सुधार र भ्रष्टाचारमुक्त नेपालको पवित्र माग सहित यहि भाद्र २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा भएका सहिद परिवारलाई राहत र घाइते व्यक्तिको उपचारका लागि स्वदेश तथा विदेशमा सङ्कलित सहयोग रकम विभिन्न गैर सरकारी संघ संस्थाहरूमा जम्मा भइरहेको मन्त्रालयले जनाएको छ । 

प्रकाशित : १८ आश्विन २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६