अन्तर्राष्ट्रिय

इजिप्टले गाजाको भविष्यका लागि प्यालेस्टिनी सम्मेलन आयोजना गर्ने : हमास अधिकारी



, १८ असोज (रासस÷एएफपी)

हमासका एक वरिष्ठ अधिकारीले इजिप्टले अमेरिकी युद्धविराम योजना अन्तर्गत बन्धकहरूलाई रिहा गर्न स्वीकार गरेपछि गाजा पट्टीको युद्ध पछिको भविष्य बारे निर्णय गर्न प्यालेस्टिनी गुटहरूका लागि सम्मेलन आयोजना गर्ने शनिबार बताएका छन् । इजिप्टले “प्यालेस्टिनी एकता र गाजा पट्टीको प्रशासनसहित गाजाको भविष्यका बारेमा अन्तर–प्यालेस्टिनी संवाद“ आयोजना गर्ने अमास अधिकारीललाई उदृत गर्दै एएफपीले जनाएको छ । हमासले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्धविराम योजना अन्तर्गत गाजामा बन्दी बनाइएका बन्धकहरूलाई रिहा गर्ने बताएको छ । यद्देपी युद्ध समाप्त भएपछि प्यालेस्टिनी क्षेत्रबाट यसको निशस्त्रीकरण र निर्वासनको मुद्दालाई भने अझै सम्बोधन गरेको छैन ।

प्रकाशित : १८ आश्विन २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६