जीवनशैली

विपद्को उद्धारमा निरन्तर ‘फिल्ड’मै चितवनका प्रजिअ अर्याल



चितवन, १९ असोज

सडकमार्गमा सस्यामा परेका याुत्रको व्यवस्थापनसहित उनीहरूलाई गन्तव्यसम्म पु¥याउन चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल अहोरात्र ‘फिल्ड’मै खटिरहनुभएको देखिन्छ ।

जिल्लास्थित कर्मचारी संयन्त्रका प्रमुखका हैसियतले कार्यकक्षमा बसी निर्देशन दिनेभन्दा ‘फिल्ड’ मै पुगी आवश्यक निर्देशनसहित तथा सहजीकरण गर्न उहाँ व्यस्त देखिनुहुन्छ ।

जिल्लाका प्रमुख राजमार्गको पहिरो हटाउने, पहिरोमा अलपत्र परेका यात्रुलाई गन्तव्यसम्म पुग्नका लागि सहजीकरण गर्नुका साथ  खाना, पानी तथा औषधिको व्यवस्था गर्ने तथा छिमेकी जिल्लाका आफ्ना समकक्षीसँग समन्वय गरी यातायात तथा यात्रुको व्यवस्थापन गर्ने काममा प्रमुख जिल्ला अधिकारी अर्याल अहोरात्र खटिरहनुभएको छ ।  

सडक तथा यातायात, अस्पताल, होटल व्यवस्थापकलगायत सरोकार भएका निकाय तथा अधिकारीसँगको सहयोग र सहकार्यमा यात्रुलाई यथाशक्य राहत दिन प्रयास गरिएको उहाँले स्पष्ट गर्नुभयो ।

यसै सन्दर्भमा नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पहिरो खसेर लामो समयसम्म अलपत्र परेका यात्रुलाई स्थानीय सामाजिक तथा व्यावसायिक सङ्घसंस्थासँग समन्वय गरी खाना, पानी र औषधि उपचारको व्यवस्था गर्न सफल भएको प्रमुख जिल्ला अधिकारी अर्याल बताउनुहुन्छ ।

सडकमा गाडी रोकिएपछि बजारको अभावमा पिउने पानी र खानाको अभाव यात्रुले झेल्नुपरेको जानकारी पाउनासाथ खाना, पानी र औषधिको व्यवस्था गरिएको उहाँले स्पष्ट गर्नुभयो ।   

पहिरोका कारण सडकमा लामो समयसम्म अलपत्र परेका यात्रुलाई पानी बढ्दै गर्दा देखिनुभएका चितवनका प्रमुख जिल्ला अधिकारी अर्याल गत शुक्रबारदेखिको वर्षाका कारण भएको विपद् व्यवस्थापनका क्रममा निरन्तर फिल्डमा हुनुहुन्छ ।  

गत साता तुइन खोलाको पहिरो हटाउन र यात्रुलाई राहत दिन अहोरात्र फिल्डमै खटिनुभएका अर्यालले भन्नुभयो, “यसैबीच एक दिन सबै व्यवस्था मिलाउँदै जाँदा रातिको १२ः०० बजे छ ।  त्यहीँ खाना खाएर सडकका कर्मचारीलाई उत्प्रेरणा दिन रातभर तुइनखोलामै बसेँ । स्वयम् म आफैँ त्यहाँ उपस्थित भएपछि सडकका कर्मचारी साथीलाई ऊर्जा मिल्यो, निरन्तर पहिरो आइरहे पनि सडक तथा यातायात व्यवस्थापन गर्न सफल भयौँ ।” 

पहिरो पन्छाउने उपकरण जुटाउनेदेखि इन्धन हाल्ने, विद्युत्को व्यवस्थालगायत काममा प्रमुख जिल्ला अधिकारी अर्याल खटिरहेको देखिनुहुन्छ । मुग्लिनबाट तनहुँहुँदै तुइन खोला वारीसम्म आएका यात्रुलाई नेपाल प्रहरीको बसमार्फत भरतपुरसम्म निःशुल्क ल्याउन उहाँले अगुवाइ गर्नुभयो । त्यसो त अलपत्र परेका यात्रुलाई व्यवसायीको सहकार्यमा खाना र पानी मात्रै होइन, चिकित्सक र औषधिसमेतको व्यवस्था गरिदिनुभयो ।

भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस, जिल्ला जनस्वास्थ्य कार्यालय र मुग्लिनतर्फ इच्छाकामना गाउँपालिकाको सहयोगमा औषधोपचारको व्यवस्था उहाँले गर्नुभयो । उहाँले भन्नुभयो, “पाँच ठाउँमा क्याम्प गरेर अलपत्र यात्रुको स्वास्थ्योपचार ग¥यौँ ।”

प्रमुख जिल्ला अधिकारी जिल्लास्थित सुरक्षा निकायका प्रमुखसँग आफैँ फिल्डमा खटिएकाले सोचेभन्दा छिटो सडक खुलाउन सफल भएको सर्वसाधारण बताउँछन् । तुइन खोलाको पहिरो पन्छाउन सक्दानसक्दै आएको अविरल वर्षात्ले जिल्लामा समस्या थपिए । ती समस्याको समाधानमा उहाँ प्रत्यक्ष रुपमा लाग्नुभयो ।

अर्यालका अनुसार अन्यत्र सडक बन्द भइरहँदा यहाँका सडक सञ्चालनमा थिए । उहाँकै पहलमा तनहुँ र धादिङका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखको उपस्थितिमा कुरिनटारमा बैठक बसेर राजमार्ग व्यवस्थापनको काम भयो । पहिरो गएको स्थानमा सवारीसाधन रोकिँदा हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै सुरक्षित स्थानको खोजी गरी सवारीसाधन रोक्ने व्यवस्था मिलाइएको थियो । अर्यालका अनुसार पहिरोको जोखिम उच्च नभएसम्म सवारीसाधन सञ्चालन गरेर यात्रुलाई सहजीकरण गरिएको छ ।  

शनिबार रातको समयमा सडक बन्द गरेपछि अलपत्र परेका यात्रुलाई प्रमुख जिल्ला अधिकारी अर्यालले स्थानीय होटलमा ७५ प्रतिशत छुटको व्यवस्था गर्नुभयो । उहाँका अनुसार होटल व्यवसायी सङ्घ चितवन र क्षेत्रीय होटल सङ्घको उपस्थितिमा बैठक बसेर यो व्यवस्थापन गरिएको हो ।

आज बिहान मात्रै भरतपुर विमानस्थलमा अलपत्र परेका यात्रुलाई अर्यालले व्यवसायीसँग समन्वय गरी बसको व्यवस्था मिलाएर गन्तव्यतर्फ पठाउनुभएको छ । उहाँले भन्नुभयो, “गुनासो आएपछि म विमानस्थल पुगेँ, धेरैलाई जानैपर्ने बाध्यता देखियो, विमानमा सम्भव नभएपछि बस खोजेर उहाँहरु आफँैले भाडा तिर्नेगरी काठमाडौँ पठाउन सुरु गरेका छौँ ।”

अर्यालले विपद्को यो समयमा कुनै समस्या भएमा चितवनस्थित प्रशासन कार्यालय वा प्रमुख जिल्ला अधिकारीलाई सोझै सम्पर्क गर्न आग्रह गर्दै विपद्को समयमा सेवा गर्ने अवसर दिन सम्बद्ध सबैसँग अनुरोध गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “समग्रमा नागरिकलाई दुःख पर्दा राज्य छ है, मर्नु पर्दैन भन्ने अनुभूति दिनेगरी काम ग¥यौँ, राहत उद्धार एवं सहयोगपछि भुक्तभोगीजनबाट स्वःस्फूर्त रुपमा व्यक्त वाणीले आफूलाई काम गर्न थप हौसला मिलेको छ । प्रमुख जिल्ला अधिकारीका हैसियतले यसरी जनताको सेवा गर्न पाउँदा खुसी छु, सेवाग्राही एवं आमजनताकै पक्षमा काम गरिरहने प्रनिबद्धता व्यक्त गर्दछु ।”

प्रकाशित : १९ आश्विन २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६