जीवनशैली

खानेपानीजन्य रोगबाट बच्न विभागको आग्रह



काठमाडौँ, २१ असोज

खानेपानी तथा ढल व्यवस्थापन विभागले अविरल वर्षा, बाढीपहिरो र डुबानका कारण पानीजन्य रोगको जोखिम उच्च भएकाले त्यसबाट बच्न आग्रह गरेको छ । आज विभागले एक अनुरोध पत्र जारी गर्दै यस्तो अवस्थामा सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गर्दै स्वच्छ खानेपानी र व्यक्तिगत सरसफाइमा जोड दिन अनुरोध गरेको हो ।

बाढीपहिरो र डुबानका कारण खानेपानीका स्रोतहरू प्रदूषित हुने सम्भावना धेरै हुने भएका र झाडा–पखाला, हैजा, आउँ, टाइफाइड, जन्डिसजस्ता गम्भीर रोगहरू फैलिन सक्ने भन्दै उच्च सर्तकता अपनाउन अनुरोध गरिएको विभागका उप–महानिर्देशक ई नारायणप्रसाद आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले आम नागरिकहरूलाई विशेष सतर्क रहन र पानी शुद्धीकरण गरेर मात्र पिउन सन्देश दिएका छौँ ।”

विभागले देशका विभिन्न स्थानहरूमा रहेका खानेपानी तथा ढल व्यवस्थापन कार्यालय वीरगञ्ज, जनकपुर, विराटनगरका साथै खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ र राष्ट्रिय सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घलाई परिपत्र पठाएर सचेतना अभियान सञ्चालन गर्न निर्देशन दिएको छ । विशेषगरी बालबालिका, वृद्धवृद्धा र दीर्घरोगी बिरामीलाई उच्च जोखिममा रहेको भन्दै उनीहरूको हेरचाहमा थप सतर्कता अपनाउन अपिल गरिएको उपमहानिर्देशक आचार्यले बताउनुभयो ।

प्रकाशित : २१ आश्विन २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६