ब्रेकिंग न्युज

एक दशकमा पनि पूरा भएन १३ किलोमिटर सडक



ढोरपाटन (बागलुङ), २२ असोज
निसीखोला गाउँपालिका–६ पातिहाल्नेदेखि पूर्वी रुकुमको भूमे गाउँपालिका–१ रुपगासम्मको १३ किलोमिटर सडक एक दशकमा पनि पूरा नहुँदा यो बाटोको यात्रा कष्टकर बनेको छ ।

निर्माण व्यवसायीको लापरबाहीका कारण निर्धारित समयमा काम पूरा नभएको हो । विसं २०७३ जेठ १३ भित्रमा कालोपत्र गरीसक्ने सम्झौता भएकामा हालसम्म ७० प्रतिशत मात्र काम भएको दैलेखस्थित मध्यपहाडी लोकमार्ग कार्यालयका सूचना अधिकारी नवीन खरालले राससलाई बताउनुभयो ।

लोकमार्ग अन्तर्गतको उक्त खण्ड कालोपत्र गर्न रु ४२ करोड ९९ लाख चार हजारमा सम्झौता भएको हो । पटकपटक म्याद थपेर सम्झौताअनुसारको काम पूरा गर्न निर्माण कम्पनीलाई निर्देशन दिइएको उहाँले बताउनुभयो ।

“मध्यपहाडी लोकमार्गमा धेरै सवारी साधान चल्न थालेका छन्, दैनिक सयौँ यात्रु यही मार्गबाट यात्रा गर्छन्, पातिहाल्नेदेखि रुपगासम्म कालोपत्र गर्न सबै तयारी भएको थियो, तर लामो समयदेखि निर्माण कम्पनी नआउँदा बनेका संरचना पनि भत्किएका छन्”, सूचना अधिकारी खरालले भन्नुभयो ।

प्रकाशित : २२ आश्विन २०८२, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६