गण्डकी

बेबारिसे व्यक्तिलाई उद्धार गरी मानव सेवा आश्रम पुर्याइयो



दमौली (तनहुँ), २४ असोज

शुक्लागण्डकी नगरपालिका–४ मा जिपको ठक्करबाट घाइते एक बेबारिसे व्यक्तिलाई उद्धार गरी मानव सेवा आश्रम पोखरा लगिएको छ । जिपको ठक्करबाट घाइते नामथर वतन नखुलेका उनलाई जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचारपश्चात् बिहीबार हेम्जास्थित मानव सेवा आश्रम लगिएको हो ।

शुक्लागण्डकीका युवा अभियान्ता शङ्कर पन्तको समन्वयमा उनलाई आश्रम लगिएको छ । जिपको ठक्करबाट बुधबार साँझ घाइते ती व्यक्तिलाई बुधबार नै जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र भर्ना गरिएको थियो । बेबारिसे अवस्थामा सडकमा हिँडिरहने उनलाई आश्रम पुर्याइएको पन्तले जानकारी दिनुभयो ।

पन्तले भन्नुभयो, “उहाँको नाम, ठेगाना थाहा छैन, बोल्दा पनि बोल्नुहुन्न । यत्तिकै बेबारिसे अवस्थामा छाड्नुभन्दा मानव सेवा आश्रम लैजाने निधो गरेका हौँ ।” शुक्लागण्डकी नगरपालिकाको सिफारिसपत्रसहित उनलाई आश्रमको जिम्मा लगाइएको पन्तले बताउनुभयो । नगरपालिकाले नै एम्बुलेन्सको व्यवस्था गरिदिएको थियो ।

उक्त आश्रममा हाल एक सय ८२ जनाले आश्रय लिइरहेका छन् । त्यहाँ शारीरिक अपाङ्गता भएका, मानसिक अपाङ्गता भएका, कोही बिरामीले आश्रय लिइरहेका छन् ।

प्रकाशित : २४ आश्विन २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६