देश

निर्माण कार्यलाई तिव्रता, शीघ्र आई.सि.यु सेवा सञ्चालनमा आउने तयारी



कपिलवस्तु, आश्विन २७

युनाइटेड बहुउद्देश्यीय सहकारी संस्था लि.द्वारा सञ्चालित युनाइटेड अस्पतालले अत्याधुनिक स्वास्थ्य सेवा विस्तारका उद्देश्यसहित भवन निर्माण कार्यलाई तीव्रता दिएको छ। अस्पतालका प्रमुख कार्यकारी अधिकृत सुन्दर आचार्यका अनुसार अस्पतालमा छिट्टै आई.सि.यु. सेवा सञ्चालन गर्ने तयारी भइरहेको छ र सोही उद्देश्यका लागि निर्माण कार्यलाई युद्धस्तरमा अघि बढाइएको छ।

उनका अनुसार नवनिर्माणाधीन भवनमा तीनवटा अत्याधुनिक अपरेसन कक्ष, आई.सि.यु. र सुविधा सम्पन्न ६५ बेड क्षमताको नयाँ ब्लक निर्माण भइरहेको छ। यी संरचनाको सम्पन्नतासँगै अस्पतालले हाल सञ्चालनमा रहेका सामान्य स्वास्थ्य सेवा बाहेक विशिष्ट उपचार सुविधा थप गर्ने योजना बनाएको छ।

आचार्यले बताए अनुसार सहकारीको लगानीमा निर्माण भइरहेको यो अस्पताल स्थानीय तहकै पहिलो आधुनिक स्वास्थ्य संस्था बन्ने लक्ष्यसहित अघि बढाइएको हो। उनले भने, “हामीले समुदायमै उपलब्ध हुने स्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने ध्येय राखेका छौँ। आई.सि.यु. र अपरेसन ब्लक सञ्चालनमा आएपछि जिल्ला बाहिर उपचारका लागि जानुपर्ने बाध्यता घट्नेछ।”

अस्पतालले आवश्यक जनशक्ति व्यवस्थापन, उपकरण खरिद र सेवा सञ्चालनका पूर्वतयारी पनि समानान्तर रूपमा अघि बढाइरहेको जनाएको छ। स्वास्थ्य पूर्वाधार विस्तारसँगै सहकारीले आगामी दिनमा मातृ शिशु सेवा, आकस्मिक सेवा र जनस्वास्थ्य कार्यक्रमलाई समेत प्राथमिकता दिने जनाएको छ।

स्थानीय बासिन्दाले युनाइटेड अस्पतालको सेवा विस्तारले कपिलवस्तु र आसपासका जिल्लाका बासिन्दालाई राहत पुग्ने विश्वास व्यक्त गरेका छन्। उनीहरूका अनुसार स्थानीय सहकारीको पहलमा स्थापित अस्पतालले सुलभ शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ।


प्रकाशित : २७ आश्विन २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६