जीवनशैली

चिकित्सकलार्ई निजी अस्पतालमा काम नगर्न निर्देशन



तुलसीपुर (दाङ), २९ असोज

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले छात्रवृत्तिका चिकित्सकहरूलाई निजी अस्पतालमा काम नगर्न निर्देशन दिएको छ । बुधबार मन्त्रालय मातहतका अस्पतालमा रहेका छात्रवृत्तिका चिकित्सकहरुलाई यस्तो निर्देशन दिइएको हो । वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक नोदनारायण चौधरीले सरकारी शिक्षण संस्थाहरूमा चिकित्साशास्त्र छात्रवृत्ति छनौट तथा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि, २०७२ बमोजिम कामकाजमा खटिएका विशेषज्ञ चिकित्सकलाई यस्तो निर्देशन दिइएको बताउनुभयो ।

नियमानुसार नेपाल सरकारबाट नियुक्ति लिएका चिकित्सकहरूले निजि रूपमा चिकित्सकीय सेवा प्रदान गर्न नपाइने प्रावधान छ । सोहीअनुसार बुधबार प्रदेशका सबै अस्पताललाई पत्र लेख्दै यस्तो निर्देशन गरिएको प्रशासक चौधरीले बताउनुभयो ।

प्रकाशित : ३० आश्विन २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६