ब्रेकिंग न्युज

‘काठमाडौँ हारर चलचित्र महोत्सव’ कात्तिक दोस्रो सातादेखि



काठमाडौँ, ३० असोज
आगामी कात्तिक दोस्रो सातादेखि ‘काठमाडौँ हारर चलचित्र महोत्सव’ हुने भएको छ । नेपालमा पहिलोपटक आयोजना हुन लागेको उक्त महोत्सवका लागि १५ देशका २५ उत्कृष्ट ‘हरर’, ‘फ्यान्टेसी’ तथा लोककथा आधारित चलचित्र छनोट भएका छन् ।

अक्टोबर ३१ तारिखमा मनाइने ‘हेलोविन डे’ को अवसर पारेर आगामी कात्तिक १४ देखि १६ गतेसम्म काठमाडौँमा आयोजना हुने उक्त महोत्सवले नेपाली दर्शकलाई अन्तरराष्ट्रियस्तरका रहस्यमय र डरलाग्दा कथाहरूको अनुभव गराउने आयोजक संस्था नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “नेपालमा केही फरक गरौँ भनेर हामीले सुरुआत गर्न लागेका हौँ । रहस्यमय र डरलाग्दा कथाहरूको अनुभव गर्न रुचाउने दर्शकका लागि यो महोत्सव उपयोगी हुनेछ ।” अध्यक्ष पाठकले विश्वभरबाट प्राप्त एक सयभन्दा बढी चलचित्रमध्येबाट छनोट समितिले गुणस्तर, विविधता र पारदर्शिताका आधारमा १५ देशका २५ चलचित्र छनोट गरेको जानकारी दिनुभयो ।

“नेपालमा हरर शैलीका चलचित्रको निर्माण कम छ । यो महोत्सवले यसलाई प्रोत्साहन दिँदै दर्शकलाई नयाँ अनुभव प्रदान गर्नेछ । नेपाली लोककथा र संस्कृतिसँग जोडिएका तत्व पनि समावेश हुनेछन्”, उहाँले भन्नुभयो ।

महोत्सवका लागि अन्तरराष्ट्रिय तथा राष्ट्रिय विज्ञहरू सम्मिलित निर्णायक मण्डलमा प्रसिद्ध फोटोग्राफर राजभाइ सुवाल, चलचित्र समीक्षक होसाम फाह्मी, एलेक्जान्ड्रा एनवर्ग र यास्मिन बुछफार हुनुहुन्छ । महोत्सवको मुख्य उद्देश्य नेपालमा ‘हरर’ शैलीका चलचित्रको निर्माण र विकासलाई प्रोत्साहन गर्नु रहेको आयोजक संस्थाले जनाएको छ ।

प्रकाशित : ३० आश्विन २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६