कपिलवस्तु, आश्विन ३० गते
लुम्बिनी प्रदेश सभा सदस्य विष्णु प्रसाद पन्थीले विकासका कार्यहरू दीर्घकालीन दृष्टिकोणका साथ गुरु योजना बनाएर अघि बढाउन सम्बन्धित निकायहरूलाई आग्रह गर्नुभएको छ ।
पूर्व मन्त्री समेत रहनुभएका पन्थीले कुनै पनि लगानीलाई परिणाममुखी बनाउनेतर्फ ध्यान दिनुपर्ने बताउँदै योजनाबद्ध कार्यसम्पादनले मात्र स्थायी विकास सम्भव हुने धारणा राख्नुभयो । उहाँले बाणगंगा क्षेत्रका धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थलहरूको समुचित संरक्षण र प्रवद्र्धनका लागि एकीकृत ढंगले अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेश सभा सदस्य पन्थीले श्री नन्दिधाम संरक्षण सामाजिक संस्थाको प्रथम साधारण सभा तथा प्रथम अधिवेशनको उद्घाटन गर्दै यस्तो विचार राख्नुभएको हो । कार्यक्रममा संस्थाका अध्यक्ष जीवलाल गैरेको अध्यक्षता, उपाध्यक्ष सता गैरेको स्वागत मन्तव्य र सचिव हिमालय भुसालको सञ्चालन रहेको थियो ।

बाबा योगिराजको विशिष्ट आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय सामाजिक अगुवा, जनप्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिती रहेको थियो । कार्यक्रममा अध्यक्षीय प्रतिवेदन, प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
संस्थाको पहिलो अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने कार्यसूची समेत रहेको नन्दिधाम संरक्षण सामाजिक संस्थाले जनाएको छ ।








प्रतिक्रिया