काठमाडौँ, ३१ असोज
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले भेटेरेनरी औषधि उत्पादक कम्पनी कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड (केपीएल)का सञ्चालक हेमराज बडाललाई पक्राउ गरेको छ ।
भन्सार शुल्क लाग्नेगरी आयात गर्न दिइएको सिफारिसपत्र कीर्ते गरेर दर्ता नै नभएका पशु औषधिहरू आयात गरेको अभियोगमा बडाललाई नियन्त्रणमा लिइएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक डा मनोजकुमार केसीले राससलाई जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “उक्त प्रकरणमा बडालकी श्रीमती सुना सुवेदीलाई सिआइबीले चार दिनअघि नियन्त्रणमा लिइएको थियो । आज साँझ बडाललाई बानेश्वर क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।”








प्रतिक्रिया