कपिलवस्तु ३० असोज
कपिलवस्तुको विजयनगर गाउँपालिका–१ गुगौलीमा अवस्थित दूधाधारी नमुना माध्यमिक विद्यालयको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक सामाजिक परिक्षण प्रस्तुति र प्रबोधीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । बिहिबार विद्यालय व्यवस्थापन समिति, अभिभावक संघका पदाधिकारी विद्यार्थी, शिक्षक, अभिभावक, शिक्षा प्रेमी, बुद्धिजीवी र स्थानीय समुदायका प्रतिनिधिहरूको सहभागितामा सो कार्यक्रम भएको विद्यालय प्रशासनले जनाएको छ ।
कार्यक्रममा प्रधानाध्यापक सुग्रीव प्रसाद कोरीले सामाजिक परिक्षणको महत्त्व र यसले विद्यार्थीको समग्र विकासमा पर्ने प्रभावबारे जानकारी गराउँदै उनले यस कार्यक्रमलाई विद्यालयको शैक्षिक अभियानको रूपमा लिएको बताए । यसले विद्यार्थीमा सामाजिक चेतना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे ।
विद्यार्थीको आवतजावत लागि विद्यालयमा प्रदेश र भारतीय एम्बेस्सीबाट दुई ओटा बस प्राप्त भएको जनाउँदै यसले विद्यालय सुविधा सम्पन्न हुँदै गएको उनले बताए । प्रस्तुतिमा विभिन्न विषयहरूमा आधारित परियोजनाहरू, अनुसन्धान र सामाजिक कार्यहरूको बारेमा विद्यार्थीहरूले आफ्ना विचार र अनुभव समेत प्रधानाध्यापक कोरीले साझा गरे ।
यस्तै कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम प्रघट कोरीले प्रशिक्षित र प्रेरणादायक शिक्षकहरूले विद्यार्थीहरूको सुभाव र ज्ञान वर्धनमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताउँदै विद्यार्थीहरूको सिकाइलाई सुदृढ पार्नको लागि आधुनिक शैक्षिक स्रोत र प्रविधिहरूको उपलब्धता आवश्यक रहेको बताए ।
प्रयोगात्मक अध्ययन र डिजिटल साधनहरूको उपयोगले सिकाइको अनुभवलाई रोचक र प्रभावकारी बनाउन लागिरहेको उनले बताए । विद्यालयमा सकारात्मक सिकाइको वातावरण सिर्जना गर्नु पनि महत्त्वपूर्ण हुनेफ गरेकाले विद्यार्थीहरूलाई प्रोत्साहित गर्ने र समर्थन गर्ने संस्कृति सिर्जना गर्दा उनीहरूको आत्मविश्वास र रुचि बढ्ने हुँदा समग्र गुणस्तरीयता सुधारमा जोड दिएको उनले भनाइ छ ।
कार्यक्रममा सहभागी हुने अभिभावक तथा वक्ताहरूलाई पनि विद्यार्थीहरूको यस प्रकारको सक्रियता र सृजनशीलताको साथै सन्तानको विकासमा सहयोग महत्त्वपूर्ण टेवा पुग्ने बताएका थिए । यस्तै उनीहरुले समुदायका केही प्रतिनिधिहरू र शिक्षकहरूले विद्यार्थीहरूको प्रयासलाई सराहना गर्दै विद्यालयको भविष्यमा यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको कुरामा जोड दिएका थिए ।
यस प्रस्तुति तथा प्रबोधीकरण कार्यक्रममा विद्यालय लेखापाल जावेद अख्तर खानले प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यार्थीहरूको मेहिनेत र लगनशीलताको कदर गर्दै विद्यालयले मनोबल उच्च राख्न प्रोत्साहित गर्ने प्रतिबद्धता जनाएको छ ।








प्रतिक्रिया