गण्डकी

स्वास्थ्यमन्त्री पाठक सुटुक्क फार्मेसीमा पुगेपछि…



गलकोट (बागलुङ), १ कात्तिक

बागलुङको धौलागिरि प्रादेशिक अस्पतालमा बिरामीले औषधि नपाएको गुनासोपछि गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठक आज फार्मेसीमा पुग्नुभयो ।

बिहीबार अस्पताल फार्मेसीमा पुगेका स्वास्थ्य बिमामा आबद्ध अधिकांश बिरामीले नियमित रूपमा सेवन गर्ने थाइराइड, उच्च रक्तचाप, सुगर र मुटुलगायतका बिरामीले औषधि नपाएको गुनासो समाचारसमेत सार्वजनिक भएको थियो । उहाँ आज पोखराबाट अस्पताल प्रशासनलाई थाहै नदिइ अनुगमनमा आउनुभएको हो । 

सुटुक्क फार्मेसीमा पुग्नुभएका पाठकलाई फार्मेसीका कर्मचारीले सुरुमा चिन्न सकेनन् । मन्त्री पाठकले प्रदेश सरकारले औषधि खरिदका लागि पैसा पठाइसकेकाले किन औषधि खरिद नगरेको भन्दै प्रमुख मेडिकल सुपरिटेन्डेन्ट र फामेर्सी इञ्चार्जलाई प्रश्न गर्नुभयो । 

अस्पतालका स्वास्थ्यकर्मी र फार्मेसीको बाहिर आफ्नो निजी पसल भएकाले अस्पतालमा औषधि अभाव बनाइराख्ने गरेको बिरामीको गुनासोपछि मन्त्री पाठकले निजी फार्मेसी र प्रायोगशाला रोज्ने कि अस्पताल रोज्ने भन्दै स्वास्थ्यकर्मीलाई प्रश्न गर्नुभएको थियो ।

उहाँसँगै बिरामीले प्रयोगशाला र फार्मेसीमा काम गर्ने अधिकांश कर्मचारीको अस्पताल बाहिर आफ्नै फार्मेसी र प्रयोगशाला रहेकाले मिलेमतोमा समस्या सिर्जना गरिएको गुनासो गरे । 

स्वास्थ्यमन्त्री पाठकले अस्पतालमा काम गरेर बाहिर प्रयोगशाला र फार्मेसी चलाउनेलाई कारबाही गर्ने भन्दै तुरुन्तै औषधिको आपूर्ति व्यवस्था मिलाउन अस्पताललाई निर्देशन दिनुभयो । पाठकले स्वास्थ्य मन्त्रालयले तत्कालै दोहोरो फाइदा लिने कर्मचारीलाई अस्पताल वा निजी फार्मेसी रोज्न निर्देशन दिनुभएको छ । 

“अस्पतालमा जागिर गर्ने तर निजी स्वार्थका लागि बिरामीलाई औषधि नदिएर बाहिर पठाउने कुरा गलत छ । प्रदेशले औषधि खरिदका लागि पठाएको रकमले छिटो औषधि खरिद गरौँ । मन्त्रालयले दुईतिर काम गर्ने कर्मचारीलाई कारबाही गर्न तत्कालै परिपत्र पठाउछ”, मन्त्री पाठकले अनुगमनपश्चात् रासससँग भन्नुभयो । अस्पतालले समयमै औषधि नल्याउँदा बिरामी महँगो मूल्यमा औषधि खरिद गर्न बाध्य भएका छन् । 

प्रकाशित : २ कार्तिक २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६