अर्थ-वाणिज्य

राजापानी पर्यटकीय स्थल आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र



कपिलवस्तु, कात्तिक १

बाणगंगा नगरपालिका–३ मा अवस्थित राजापानी क्षेत्र पछिल्ला वर्षहरूमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । सामुदायिक वन क्षेत्रभित्र पर्ने यो स्थल प्राकृतिक सौन्दर्यका कारण अत्यन्त मनमोहक मानिन्छ ।
हरियालीले भरिएको वन क्षेत्र, शान्त वातावरण र मुहानबाट बग्ने स्वच्छ पानीका कारण राजापानी पर्यटकहरूका लागि विश्राम र अवलोकन दुवैको उपयुक्त स्थल बन्दै गएको हो । स्थानीयहरूका अनुसार यहाँको मुहान वर्षभरि नसुकेको ,चिसो, स्वादिलो रहेको र धार्मिक महत्वका हिसावले भगवान रामको नामबाट राजापानी नाम रहन गएको विश्वास गरिन्छ ।


राजापानी क्षेत्र घुम्न आउने आगन्तुकहरू यहाँको हरियाली, वन्यजन्तु, प्राकृतिक दृश्य र चिसो पानीको स्वाद लिन आउने गरेका छन् । साथै, केही वर्षयता सामुदायिक बन, नगरपालिका, प्रदेश सरकारले यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना समेत अघि सारेको छ ।
बाणगंगा नगरपालिकाका जनप्रतिनिधिहरूका अनुसार राजापानी क्षेत्रमा पदमार्ग, विश्रामस्थल र सरसफाइ अभियान सञ्चालन गरेर यहाँको सौन्दर्यमा थप आकर्षण ल्याउने तयारी भइरहेको छ ।
स्थानीय बासिन्दाहरूले भने यस स्थलको संरक्षण र प्रचार–प्रसारमा निरन्तर ध्यान दिन आग्रह गरेका छन् । उनीहरूका अनुसार यदि योजनाबद्ध रूपमा विकास गरियो भने राजापानी क्षेत्र केवल बाणगंगाको मात्र नभई लुम्बिनी प्रदेशकै एउटा प्रमुख प्राकृतिक पर्यटन गन्तव्य बन्ने सम्भावना रहेको छ ।

प्रकाशित : २ कार्तिक २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६