जीवनशैली

राति सुत्नुभन्दा अघि आत्मासँग बोल



राति सुत्नुभन्दा अघि आत्मासँग बोल‘
निन्द्रा फूलजस्तै मीठो हुनेछ,
सपना आकाशजस्तै स्वच्छ हुनेछ,
र बिहान सूर्यजस्तै उज्यालो‘ू

दिनभरि हामी संसारसँग दौडिरहन्छौं।
कहिले जिम्मेवारी, कहिले डर, कहिले आश, कहिले अभाव।
तर जब रात पर्दछ,
सारा आवाज चुप हुन्छ,
तब एउटा मात्र आवाज बाँकी रहन्छ—
आफ्नो अन्तरआवाज।

त्यसैले, सुत्नुअघि मोबाइल होइन,
आफ्नो आत्मा समात।
सोच–
ूआज मैले के राम्रो गरेँरुू
ूके गल्ती गरेँरुू
ूके सुधार गर्न सक्छुरुू
ूके म आफूबाट खुसी छुरुू
सकारात्मक सोचको बीउ यही बेला रोप,
र त्यसको फल भोलिको बिहानमा पक्कै पाक्नेछ।
सुत्नुअघि मनभित्र तितो कुरा नराख,
माफ गर– आफूलाई, अरूलाई पनि।
तिमी माफ गर्नेछौ,
मन हलुका हुनेछ,
मन हलुका भयो भने
निन्द्रा गहिरो हुनेछ।

आँखा चिम्ली–
तर विचार खुला राख।
दिमागलाई यो भनस्
ूअब विश्राम गर,
भोलि फेरि लड्न, फेरि हाँस्न,
र फेरि राम्रो गर्न म तयार हुनेछु।ू
र, त्यो शान्त आत्मा जब सुत्छ,
त्यो शरीर पनि शान्त भएर निदाउँछ।
न त डर आउँछ, न त दुस्खको सपना।
त्यसको सट्टा आउँछ– प्रेरणा, उत्साह, र ऊर्जा।
र त्यसैले‘
रात सुत्नुभन्दा अघि आत्मासँग बोल,
किनभने त्यो संवाद तिमीलाई
भोलिको उज्यालो बनाउने शक्ति हो।
सुत्नु केवल शरीरको विश्राम होइन,
आत्मालाई नयाँ बन्ने बाटो देखाउनु हो।

आज सुत।।।
सकारात्मक सोचसँग,
शान्त आत्मासँग,
र मिठो मुस्कानसँग।
भोलि तिमी नयाँ सुरुवात हुनेछौ।

साभार गोपाल भण्डारी

प्रकाशित : २ कार्तिक २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६