ब्रेकिंग न्युज

श्रमदानबाट झोलुङ्गे पुल मर्मत



बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–३ को सिमाना अर्जेखोलामा रहेको झोलुङ्गे पुलको स्थानीयवासीले श्रमदानबाट मर्मत गरेका छन् । बरङ्जाको न्यू स्टार युवा क्लबको अगुवाइमा स्थानीयले शनिबार श्रमदान गरेर पुल मर्मत गरेका हुन् । बीस वर्षअघि निर्माण भएको पुलमा बिछ्याइएको काठको फल्याक खसेको र भाँचिएका कारण जीर्ण बनेको थियो । मर्मत भएपछि जीर्ण पुलमा जोखिम मोलेर आवतजावत गर्नुपर्ने समस्या हटेको छ ।

स्थानीयले उपलब्ध गराएको टुनीको रुख काटेर फल्याक बनाइएको थियो । पुरानो फल्याक हटाउन र नयाँ राख्न शनिबार करिब एक सय जनाले श्रमदान गरेका क्लबका अध्यक्ष गणेश केसीले बताउनुभयो ।
काठ काट्न र सामग्री खरिदमा रु ६६ हजार ६०० खर्च भएको क्लबले जनाएको छ । स्थानीयवासीबाट सहयोग जुट्ने क्रम जारी रहेको अध्यक्ष केसीले बताउनुभयो । तीस मिटर लामो यो पुल अर्जेखोला, खर्क, बनाहपिङगे, थामडाँडा, सिङ्गा तातोपानीका बासिन्दाले प्रयोग गर्छन् ।
सडक यातायातको सुविधा हुनुअघि बरङ्जाका बासिन्दा तातोपानी र बेनी बजार आवतजावत यही झोलुङ्गे पुल रहेको पदमार्गको प्रयोग गर्दथे । बिजुली आमा समूह, सामुदायिक वन, बीएण्डपी क्लबलगायत सङ्घसंस्थाले पनि पुल मर्मतमा सहयोग गरेका क्लबका अध्यक्ष केसीले बताउनुभयो ।

प्रकाशित : ३ कार्तिक २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६