अन्तर्राष्ट्रिय

एसियाली ‘युथ गेम्स’मा नेपालका सात खेलाडीले प्रतिस्पर्धा गर्ने



काठमाडौँ, २ कात्तिक

तेस्रो एसियाली ‘युथ गेम्स’मा नेपालबाट विभिन्न पाँच खेलमा सात खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । बहराइनमा हुने उक्त प्रतियोगिता यही कात्तिक ५ देखि १४ गतेसम्म हुनेछ । नेपालबाट ब्याडमिन्टनमा सविना श्रेष्ठ, गल्फमा रुवेन थापा, जुडोमा समिता नेपाली, मुवाँथाईमा पलेस्था कक्षपति र गेन्जी राई तथा पौडीमा अथर्व सिंह र आर्या महर्जनले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

टोलीको ‘अफिसियल’ प्रतिनिधिमा तिलक पाण्डे (ब्याडमिन्टन), ध्रुवबाबु थापा (गल्फ), देवकीमाया श्रेष्ठ (जुडो), भूपेश शाक्य (मुवाँथाई) र नयना शाक्य (पौडी) रहेका छन् । 

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सहसचिव एवं राखेपका सदस्य रामचरित्र मेहता, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई, राष्ट्रिय टोली तयारी समितिका निर्देशक दीपक विष्टलगायतले आज यहाँ आयोजित एक कार्यक्रममा उहाँहरूलाई सफलताको शुभकामना दिँदै बिदाई गर्नुभयो । मुवाँथाई टोली भोलि बहराइन जाने छ ।

प्रकाशित : ३ कार्तिक २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६