अर्थ-वाणिज्य

तिहारमा स्वदेशी फूलले पायो बजार



काठमाडौँ, ३ कात्तिक

यस वर्षको तिहारमा नेपालमै उत्पादित फूलले बजार पाएको फूल व्यवसायीले बताएका छन् । तिहारमा फूलको बढी व्यापार हुने गर्छ । नेपालमा उत्पादन भएको फूलले बजार पाउँदा विदेशबाट कमै फूल आयात भएको नर्सरी व्यवसायी सङ्घले जनाएको छ । नेपाली व्यवसायीले उत्पादन गरेको फूल विगत वर्षमा बिचौलियाका कारण किसानले मूल्य नपाउने गरेकामा यस वर्ष भने त्यस्तो नभएको सङ्घका अध्यक्ष रामजी तिमल्सिनाले राससलाई जानकारी दिनुभयो ।

 यस वर्ष सयपत्रीको माला प्रतिगोटा रु १०० देखि रु १२० मा पाइने उहाँले सुनाउनुभयो । मखमलीको फूल भने प्रतिगोटा रु ३५ देखि रु ४५ सम्ममा पाइने सङ्घले जनाएको छ । यस वर्ष तिहार छिट्टै परेकाले गोदावरीको फूल भने कमै फुलेको व्यवसायीले जनाएका छन् । यस वर्ष बागमती प्रदेश सरकारअन्तर्गत रहेको पुष्प विकास केन्द्रले भक्तपुरको गुण्डु र काठमाडौँको इचङ्गुनारायणका २५÷२५ गरी ५० जनालाई तालिम दिएको थियो । तालिम लिने ५० जनालाई दुई÷दुई रोपनी रोप्न पुग्ने गरी बिएको बेर्ना बाँडिएको केन्द्रका कार्यालय प्रमुख रबिन्द्र थापाले जानकारी दिनुभयो ।

 केही उपभोक्ताले भने बजारमा फूल र मालाको मूल्य विगत वर्षको भन्दा बढी तिर्न बाध्य हुनुपरेको गुनासो गरेका छन् । सरकारले मूल्य तोकेर बढी लिनेलाई कानुनी कारबाहीको दायरामा ल्याए बढी मूल्य लिने क्रम रोकिने उपभोक्ता सविना श्रेष्ठको माग छ ।

प्रकाशित : ४ कार्तिक २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६