अन्तर्राष्ट्रिय

पूर्व राष्ट्रपति ओबामा संसदिय प्रणालीकै पक्षमा



डेक्स, कात्तिक ७

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले अमेरिकी राजनीतिक प्रणालीमा संसदीय प्रणालीको अभाव नै त्यसको ठूलो कमजोरी भएको बताएका छन्। उनले भने — “अमेरिकामा राजनीतिक दलहरू छन् तर संसदीय संरचना छैन, यही कारण नेतृत्वमा रिक्तता देखिन्छ।”
स्ट्यान्ड–अप कमेडियन मार्क म्यारोनसँगको एक पोडकास्ट अन्तर्वार्तामा ओबामाले आफ्नो दोस्रो कार्यकालपछि राजनीतिबाट टाढा रहने सोच राखे पनि संरचनागत कमजोरीका कारण फेरि राजनीतिमा तानिनुपरेको बताएका छन्।
उनले भने, “राष्ट्रपति पद छाडेपछि मैले आफूलाई खेलाडीबाट प्रशिक्षकमा रूपान्तरण गर्न चाहेको थिएँ, तर संसदीय प्रणाली नभएकाले दलको तर्फबाट बोल्ने कुनै औपचारिक नेतृत्व थिएन। यसले पार्टीभित्र रिक्तता सिर्जना ग¥यो।”
ओबामाले अमेरिकी प्रणालीमा दलहरू भए पनि संसदजस्तो संस्थागत संयन्त्र नहुँदा डोनाल्ड ट्रम्पले सत्ता लिएपछि नेतृत्व शून्यता देखिएको बताए। उनका अनुसार, “संसदीय प्रणाली भएको भए सत्तासीन दल वा प्रतिपक्ष दुवैसँग स्पष्ट नेतृत्व हुन्थ्यो, जसले देशलाई दिशाहीन हुनबाट बचाउँथ्यो।”
त्यसैगरी, उनले अहिले अमेरिकामा नागरिक, व्यवसाय, विश्वविद्यालय र मतदाता सबैले देशका मूल लोकतान्त्रिक मूल्य र नैतिकता जोगाउन सक्ने वा नसक्ने परीक्षाको सामना गरिरहेका बताए।
ओबामाको भनाइमा, अमेरिकी संस्थागत प्रणाली र लोकतान्त्रिक मूल्यहरू कमजोर हुँदै गएको छन् र संरचनागत सुधार नगरे गहिरो राजनीतिक अस्थिरता आउन सक्ने बताउनु भएको छ ।

प्रकाशित : ८ कार्तिक २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६