कपिलवस्तु, कात्तिक ९
यशोधरा गाउँपालिका अध्यक्ष शिव दयाल तिवारीले छठ पर्वको पावन अवसरमा गाउँपालिका भित्र तथा बाहिर रहेका सम्पूर्ण दिदीबहिनी र दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ ।

अध्यक्ष तिवारीले शुभकामना सन्देशमार्फत सूर्य देवको आराधना र कृतज्ञताको पर्वका रूपमा मनाइने छठ पर्वले सामाजिक एकता, पारस्परिक सद्भाव र सहअस्तित्वको सन्देश दिने बताउनु भयो । तिवारीको सन्देशमा “छठ पर्वले हाम्रो संस्कृति, आस्था र परम्परालाई अझ सबल र सजीव बनाउने कार्य गरेको छ।”
उहाँका अनुसार सत्य, श्रम र संयमको प्रतीक यो पर्वले मानिसहरूमा सकारात्मक सोच र आत्मानुशासनको भावना जागृत गराउने विश्वास लिइएको छ। अध्यक्ष तिवारीले यस पर्वले गाउँपालिका र सम्पूर्ण देशमा सुख, शान्ति, समृद्धि र स्वास्थ्यको वातावरण सृजना होस् भन्ने कामना गर्नु भएको छ ।
सन्देशको अन्त्यमा उहाँले भन्नु भयो “छठी मैया सबैका मनोकामना पूर्ण गरुन्। सबैमा छठ पर्वको हार्दिक मंगलमय शुभकामना ।”








प्रतिक्रिया