जीवनशैली

भक्तपुरमा भव्य रूपमा मनाइयो छठ



भक्तपुर, ११ कात्तिक

सामाजिक सद्भाव एवं एकताको पर्वका रूपमा यस वर्ष पनि भक्तपुरदेखि ललितपुरसम्मको स्थानीयले भक्तपुरको पोखरी तथा खोलामा सोमबार साँझ छठ पर्व भव्य रूपमा मनाएका छन् । भक्तपुरको कमलपोखरीमा छठ मनाउन यस वर्ष भक्तजनको बाक्लो उपस्थिति देखिएको छ । छठ पर्वका अवसरमा भक्तपुरका पोखरी र खोला सिँगारिएका छन् । तराई–मधेसबाट आएर भक्तपुरमा विभिन्न पेसा, व्यवसाय गर्दै स्थानीय तथा अस्थायी रूपमा बस्दै आएकाले भक्तपुरको कमलविनायकस्थित कमलपोखरीमा भव्य रूपमा छठ मनाएका हुन् । भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित कमलपोखरीमा २०० भन्दाबढी परिवारले छठ पर्व मनाएका छन् । यसका लागि पोखरी सिँगारेर झकिझकाउ बनाइएको छ भने पोखरीमा लगाइएको बत्तीहरूले झिलीमिली बनाएको छ । छठीदेवीको मूर्ति ल्याएर राखिएको भन्दै उक्त मूर्तिमा पूजा गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिइ छठ मनाएको छठ पर्व तयारी समिति भक्तपुरका व्यवस्थापक लक्ष्मण रौनियारले जानकारी दिनुभयो । छठ पर्वका लागि यहाँका स्थानीय बासिन्दाले सघाएर सामाजिक सद्भव व्यक्त गरेका उहाँले बताउनुभयो । भक्तपुर र ललितपुरको सिमानामा रहेको गोदावरी खोलामा पनि सोमबार साँझ छठ मनाउन बाक्लो भीड लागेको जनकपुर घर बालकोट बस्दै आएका दशरथ ठाकुरले बताउनुभयो । उहाँले गोदावरी खोला सिँगारिएर झकिझकाउ बनाएको र यहाँ भक्तपुरको बालकोट, सिरुटार र ललितपुरको टीकाली, चाँगाथलीदेखि सातदोबाटो क्षेत्रमा बस्दै आएका २०० भन्दाबढी परिवारले यही खोलामा छठ मनाएका जानकारी दिनुभयो । उहाँका अनुसार गोदावरी खोलालाई सिँगारेर झकिझकाउ बनाइएको छ । छठ पर्वका अवसरमा सोमबार साँझ अस्ताउँदो सूर्य र आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि विधिवत् रूपमा समापन गरिने अध्यक्ष रौनियारले जानकारी दिनुभयो । तराईका बासिन्दाले यो पर्व मनाउने भए पनि पछिल्लो समय पहाडका साथै काठमाडौँ उपत्यकामा पनि यो पर्व मनाउनेको सङ्ख्या बढ्दै गएको उहाँले उल्लेख गर्नुभयो । रौनियारले भन्नुभयो, “तराई–मधेसबाट बसाइँ सरेर आउनुभएका, विभिन्न पेसा, व्यवसायले भक्तपुरमै बस्दै आउनुभएका जडीबुटीदेखि भक्तपुरसम्मका २०० भन्दाबढी परिवारका लागि छठ मनाएका छौँ । पोखरी झकिझकाउ भएका छन् । स्थानीयले सहयोग गर्नुभएको छ ।” आराध्यदेव सूर्य र ब्रह्माजीका मानसपुत्री छठी (षष्ठी) को उपासना गरी जलाशय, नदी किनारमा व्रत बसी धुमधामले छठ पर्व मनाइएको छ । छठको मुख्य दिन सोमबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर रातभर जाग्राम बसी आज बिहानको उदाउँदो सूर्यको उपासना गरी अर्घ्य दिएपछि यो पर्व सम्पन्न हुने उहाँले जानकारी दिनुभयो ।

प्रकाशित : १२ कार्तिक २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६