कपिलवस्तु, कात्तिक १२
वाणगंगा नगरभित्र रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको प्रचार–प्रसार गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ ‘बृहत् वाणगंगा साइकल यात्रा–२०८२’ आयोजना गरिने भएको छ। उक्त साइकल यात्राको आयोजना वाणगंगा राइडर क्लब कपिलवस्तुले गरेको हो। आउँदो शनिबार हुने यात्रामा वाणगंगा नगरपालिकाका विभिन्न धार्मिक, ऐतिहासिक तथा प्राकृतिक स्थलहरू अवलोकन गरिने क्लबले जनाएको छ।

आयोजकका अनुसार सो यात्रामार्फत स्थानीय स्तरमा रहेका आकर्षक स्थलहरूको परिचय गराई आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने लक्ष्य लिइएको छ। साथै, स्वास्थ्य–सन्देशसहितको यो अभियानले साइकल संस्कृतिको विस्तार र हरित नगर निर्माणमा पनि योगदान पु¥याउने अपेक्षा गरिएको छ । साइकल यात्रामा सहभागिता जनाउन इच्छुकलाई आयोजकले समयमै नाम दर्ता गर्न आग्रह गरेको छ। सहभागिता तथा थप जानकारीका लागि निम्न सम्पर्क नम्बरहरूमा सम्पर्क गर्न सकिने जनाएको छ। सम्पर्क नं. 9857051753, 9857050463, 9867004587, 9847052931, 9857055020








प्रतिक्रिया