अर्थ-वाणिज्य

काटिसकेको धान भिजेपछि किसान चिन्तित



मन्थली (रामेछाप), १३ कात्तिक

भित्र्याउनका लागि अन्तिम तयारीका साथ काटिसकेको धान खेतको गरामै भिजेपछि यहाँका किसान चिन्तित भएका छन् । तिहार सकिएलगत्तै पाकेको धान काटेर भित्र्याउने तयारी हुँदै गर्दा बुधबारदेखि परेको अविरल वर्षाले धान खेतमै भिजाएको हो । मौसम प्रतिकुल हुने कुरा विभिन्न सञ्चार माध्यममार्फत थाहा भएको भए पनि पानी पर्ने बेलासम्म भित्र्याइसक्ने आसले आफूहरुले धान काटेको मन्थली –७ का किसान सरिता ढुङ्गेलले राससलाई बताउनुभयो ।

धान झार्नका  लागि आफूहरुले धानको मुठा बाँध्ने काम धमाधम गर्दा पानी परेर कामै गर्न नदिइ बाँधेको मुठा र नबाधेको धान भिजेको पनि उहाँले बताउनुभयो ।   

जिल्लाको मन्थली, खिम्ती, कुनाउरी र माडिफाँट, भटौली फाँटलगायतका विभिन्न फाँटमा अहिले किसानको काटेको र मुठा बाँधेको धान भिजेको छ । गत वर्षको तुलनामा यसवर्ष धान उत्पादनमा वृद्धि भएपछि यहाँका किसान खुसी भएका थिए, तर त्यो खुसी पुनः निराशामा परिणत भएको छ । यसवर्ष धान उत्पादनमा गत वर्षको तुलनामा वृद्धि हुने अनुमान गरिएको थियो । 
गत वर्ष असोजमा आएको बाढीले धानखेतीमा नराम्रो असर गरेपछि धान उत्पादन निक्कै घटेको र यसवर्ष पनि काटेको धान भित्र्याउन वर्षाका कारण नपाइएकाले धानको उत्पादन घट्ने अवस्था भएकोप्रति मन्थली नगरपालिका वडा नं–६ का किसान विमला ढुङ्गेलले चिन्ता व्यक्त गर्नुभयो ।  

प्रकाशित : १४ कार्तिक २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६