देश

विभिन्न क्षेत्रका १२ व्यक्तित्व सम्मानित



काठमाडौँ, १६ कात्तिक

साहित्य, शिक्षा, पत्रकारिता, बौद्ध दर्शन, समाजसेवा र सङ्गीतजस्ता विविध क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका १२ व्यक्तित्वलाई शनिवार यहाँ आयोजित एक कार्यक्रमबीच सम्मानित गरिएको छ ।

सूचक प्रकाशनद्वारा आयोजित ‘सूचक सम्मान तथा पुरस्कार समर्पण समारोह’मा उक्त प्रकाशनले आफ्नो १६औँ वार्षिकोत्सवका अवसरमा १२ प्रतिष्ठित व्यक्तित्वलाई नगद, प्रमाणपत्र र दोसल्लासहित सम्मान गरेको हो । बौद्ध चिन्तन तथा लेखन क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनुभएका उपप्राध्यापक त्रिरत्न मानन्धर र लोचनतारा तुलाधर क्रमशः भिक्षु अश्वघोष बौद्ध सेवा पुरस्कार–२०८२ बाट सम्मानित हुनुभएको छ ।

त्यसैगरी, साहित्य क्षेत्रका दुई प्रख्यात व्यक्तित्व विमल अर्याल र मणिराज सिंहले क्रमशः सूचक कृष्णबहादुर विशिष्ट साहित्य सम्मान–२०८१ तथा सूचक विशिष्ट साहित्य सम्मान–२०८१ प्राप्त गर्नुभयो । शिक्षा क्षेत्रका समर्पित व्यक्तित्व लालबहादुर चौधरीलाई केदारनाथ–लीलादेवी शिक्षा पुरस्कार–२०८१ बाट सम्मान गरिएको छ भने साहित्यकार रुबि सत्याललाई केदारनाथ–लीलादेवी साहित्य पुरस्कार–२०८१ बाट सम्मान गरिएको छ ।

त्यसैगरी, सूचक साहित्यिक पत्रकारितामा सक्रिय निबन्ध आचार्यलाई सूचक साहित्यिक पत्रकारिता सम्मान–२०८१ प्रदान गरिएको छ । महिला साहित्यमा योगदानका लागि विमलादेवी अधिकारी ‘विमला’लाई सूचक–पद्मादेवी साहित्य सम्मान–२०८१ बाट सम्मान गरिएको छ । साहित्यकार जाकिर हुसैनलाई सूचक साहित्य सम्मान–२०८१ बाट सम्मानित गरिएको छ भने कवि ऋषभदेव घिमिरेलाई सूचक काव्य सम्मान–२०८१ बाट सम्मान गरिएको छ ।

सामाजिक सेवामा सक्रिय योगदानका लागि अनिल महर्जनलाई सूचक स्वयंसेवी सम्मान–२०८१ प्रदान गरिएको छ भने सङ्गीत क्षेत्रमा निरन्तर साधनारत गायिका इन्दिरा सापकोटालाई सूचक साधना सम्मान–२०८१ बाट सम्मान गरिएको छ । कार्यक्रममा सम्मानित हुनुभएका व्यक्तित्वहरूले सूचक प्रकाशनले गरेको सम्मानप्रति धन्यवाद ज्ञापनसहित प्रकाशनको प्रशंसा गर्नुभएको थियो । कार्यक्रमका सभापति एवं केदारनाथ–लीलादेवी शिक्षा पुरस्कारका दाता केदारनाथ श्रेष्ठले सूचक प्रकाशनले स्थापित गरेको सम्मान परम्पराले देशभरका स्रष्टा र कर्मशील व्यक्तिहरूलाई हौसला प्रदान गरेको उल्लेख गर्नुभयो । उहाँले आगामी वर्षहरूमा पनि यस संस्थाले सिर्जनशील समाज निर्माणमा अझ प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमको समापनमा सूचक प्रकाशनका अध्यक्ष दीपक भेटवालले सबै सम्मानित व्यक्तित्वप्रति कृतज्ञता व्यक्त गर्दै भविष्यमा अझ व्यापक रूपमा स्रष्टा तथा कर्मशील व्यक्तिहरूको योगदानलाई उजागर गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रकाशित : १७ कार्तिक २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६