जीवनशैली

छोराद्वारा बाबुलाई धारिलो हरियार प्रहार गर्दा…



गुल्मी, १६ कात्तिक

यहाँस्थित मालिका गाउँपालिकामा छोराले बाबुलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । मालिका –३ म्यालका २३ वर्षीय भोटबहादुर विकले शनिबार ५२ वर्षीय धनबहादुरको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारूले जानकारी दिनुभयो । भोटबहादुरले ४९ वर्षीया आमा दिलमायालाई पनि धारिलो हरियार प्रहार गरी गम्भीर घाइते बनाएका छन् । सूचना अधिकारी सारूका अनुसार धनबहादुरको घटनास्थलमै मृत्यु भएको थियो भने दिलमायाको टाउकोमा गम्भीर चोट लागेको छ ।

उनीलाई गुल्मी अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल पठाइएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी निरीक्षक रेवन्त सेनको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो । घटनामा संलग्न मानसिक सन्तुलन ठिक नभएका भनिएका छोरा भोटबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : १७ कार्तिक २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६