काठमाडौँ, १६ कात्तिक
एक महिना अवधिको ‘यात्रा ट्याटु प्रदर्शनी तथा कला कार्यशाला’ आज सम्पन्न भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र हिमालयन ट्याटु समिटको संयुक्त आयोजनामा आयोजित कार्यशालाको समापनमा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले नेपालमा पनि ट्याटु कलाको पुरानो इतिहास रहेको बताउनुभयो ।
प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले यस कार्यशाला तथा प्रदर्शनीले प्रभावकारी सन्देश दिएको बताउँदै यससँग सम्बन्धित नेपालका रैथाने ज्ञान तथा कलालाई संरक्षण तथा प्रवद्र्धन गर्नुपर्ने धारणा राख्नुभयो ।
बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगङ्गा दर्शनधारी तथा हिमालयन ट्याटु समिटका निर्देशक वृजेश श्रेष्ठले सहभागी सम्पूर्णप्रति आभार व्यक्त गर्दै कार्यक्रम उपलब्धिमूलक भएको बताउनुभयो ।
पृथ्वी श्रेष्ठ ‘क्युरेटर’ रहनुभएको प्रदर्शनीमा नेपालका ७२ कलाकार र सिङ्गापुर, थाइल्यान्ड, भारत, भियतनाम, स्वीजरल्यान्ड, ग्रिस, युएसए, मलेसिया र अस्ट्रियाका कलाकारका कलाकृति समावेश गरिएका थिए ।








प्रतिक्रिया