ब्रेकिंग न्युज

दुर्घटनामा ४ ले ज्यान गुमाए



कपिलवस्तु १९ कात्तिक

कपिलवस्तुमा मंगलबार दिउँसो स्कार्पियोको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। कृष्णनगर नगरपालिका–९, जुमिलास्थित कृष्णनगर–चन्द्रौटा सडकखण्डमा करिब ३ बजेतिर भएको दुर्घटनामा ६५ वर्षीय शिवप्रसाद चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ। यू पी ३५ ए के २४१५ नम्बरको महिन्द्रा स्कार्पियोले बाटो क्रस गर्दै गरेका पैदल यात्री चौधरीलाई ठक्कर दिएको जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए। गम्भीर घाइते चौधरीलाई उपचारका लागि शिवराज अस्पताल बहादुरगन्ज पु¥याइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। स्कार्पियोचालक ३५ वर्षीय पप्पु चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यस्तै कृष्णनगर नगरपालिका–१ शिवानगरमा सोमबार साँझ अटो दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना बालबालिका घाइते भएका छन ्। कृष्णनगरदेखि बहादुरगञ्जतर्फ जाँदै गरेको लु १ ह २९६ नम्बरको टेम्पुले सोही दिशातर्फ जाँदै गरेको लु १ ह ८२४ नम्बरको टेम्पोलाई ठक्कर दिँदा दुर्घटना भएको हो। ठक्करबाट टेम्पुमा सवार महाराजगञ्ज नगरपालिका–११ बडेगाउँका ३५ वर्षीय विष्णु धरीक गम्भीर घाइते भएका थिए। उपचारका क्रममा उनको बहादुरगञ्ज अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। दुर्घटनामा धरीकका ५ वर्षीय छोरा विष्णु र १० वर्षीया छोरी रन्जिता घाइते भएका छन्। उनीहरू हाल उपचाररत रहेका छन्। घटनापछि प्रहरीले एक अटो चालक रन्जित अग्रहरीलाई पक्राउ गरेको छ भने एकजना फरार रहेको जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
यस्तै अर्घाखाँचीको पाणिनि गाउँपालिका ३ बरकारुख र त्रीवेणी खोला सडकको बिच कजवेमा मोटरसाइकल दुर्घटना हुदाँ २ जनाको मृत्यू भएको छ ।अर्घाखाँची जिल्ला अस्पतालका अनुसार २ जनाको बिच बाटौमै मृत्यू भएको जनाएको छ ।मृत्यू हुनेमा पाणिनि–४ पटौटीका अन्दाजी २४ वर्षिय सागर वि.क. र १८ वर्षिय गौतम विक रहेका छन् ।घाइते चतुर घर्तिलाई थप उपचारका लागि पाल्पा पठाईएको छ ।रोकिरहेको ट्याक्टरमा ठोकिएर अनियंत्रित दुर्घटना भएको थियो । मोटरसाइकलमा ३ जना सवार थिए ।घटनाको अनुसन्धान भइरहेको प्रहरिले जनाएको छ । दुर्घटना पश्चात् करिब एक घण्टा पछि प्रहरी आएको स्थानीयले देउराली अनलाइनलाई जानकारी गराएका छन् । समयमा एम्बुलेन्स र प्रहरी आउन नसक्दा उद्दारमा ढिलाई भएको स्थानियको भनाइ छ ।

प्रकाशित : २० कार्तिक २०८२, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६