जीवनशैली

बनेपामा आजदेखि बाह्र–बर्षे नरदेवी नाच



काभ्रेपलाञ्चोक, २० कात्तिक

बनेपामा आजदेखि परम्परागत–ऐतिहासिक एवम् धार्मिक महत्वको १२ वर्षे श्री श्वेतकाली देवी (नरदेवी) नाच सुरु हुँदैछ । प्रत्येक १२ वर्षमा आयोजना हुने यस नाच बनेपा नगरको ऐतिहासिक लायकु डबलीमा तीन दिनसम्म सञ्चालन हुने जनाइएको छ ।

जात्रा व्यवस्थापन समितिका अनुसार विधिवत् रूपमा भक्तपुरबाट बनेपामा देवीको प्रस्थान गराई आज दिउँसो अपरान्ह बनेपाको लायकु गणेशस्थानमा ल्याइनेछ । परम्परागत नाचगुठीको नेतृत्वमा सम्बन्धित गुठीयार, परम्परागत ङत त्वाः समाजका सदस्य तथा स्थानीयको सक्रियतामा नाच सञ्चालन गरिने समितिका संयोजक भुलक्ष्मी मानन्धरले जानकारी दिनुभयो । उहाँकाअनुसार नाच साँस्कृतिक बाजागाजासहित मङ्गल यात्रापछि देवीलाई लायकु डबलीमा प्रवेश गराइने र मध्यरातसम्म परम्परागत शैलीका विभिन्न देवी नाच प्रस्तुत गरिने छ । 

बाह्र वर्षमा एकपटक काठमाडौँको नरदेवी, हनुमानढोका दरबारको तलेजु भवानी, नासल चोक, कुमारी घर, इन्द्रचोक, बसन्तपुर, ललितपुर, कीर्तिपुर, भक्तपुर र बनेपाको लायकु डबलीमा श्री श्वेतकाली देवी नाच सञ्चालन गरिने परम्परा  छ ।

प्रकाशित : २१ कार्तिक २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६