बाणगंगा, कार्तिक २०
आगामी कार्तिक २८ र २९ गते बाणगंगा राइडर्स क्लबको आयोजनामा हुन गइरहेको “कपिलवस्तु राष्ट्रिय साइकल यात्रा–२०८२” कार्यक्रमको तयारीलाई अघि बढाउँदै क्लबका सदस्यहरू र लुम्बिनी प्रदेशका सांसद विष्णु प्रसाद पन्थीबीच आज विशेष छलफल सम्पन्न भएको छ।
छलफलका क्रममा सांसद पन्थीले साइकल यात्राजस्ता सकारात्मक र जनचेतनामूलक गतिविधिहरूले स्वास्थ्य, वातावरण र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने भन्दै आयोजनाको प्रशंसा गर्नुभयो। उहाँले स्थानीय तह, प्रदेश र नागरिक समाजको सहकार्यमा यसलाई प्रदेशको परिचय बढाउने अवसरका रूपमा अघि बढाउन सुझाव पनि दिनुभयो।
बाणगंगा राइडर्स क्लबका अध्यक्षले कार्यक्रमलाई भव्य र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो। साइकल यात्रामा विभिन्न प्रदेशका सहभागीहरू आउने र यात्राले बाणगंगादेखि ऐतिहासिक तथा धार्मिक गन्तव्यहरू जोड्ने तयारी गरिएको क्लबले जानकारी दिएको छ।








प्रतिक्रिया