ब्रेकिंग न्युज

वीरगञ्ज नाकाबाट निर्यात बढ्यो



वीरगञ्ज (पर्सा), २१ कात्तिक
गत आर्थिक वर्षको तुलनामा चालु आवमा वीरगञ्ज नाकाबाट निर्यात वृद्धि भएको छ ।

 प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार चालु आवको प्रथम तीन महिनामा रु २६ अर्ब ५९ करोड मूल्य बराबरका सामान  निर्यात भएका छन् । गत आवमा सोही अवधिमा रु आठ अर्ब ८४ करोड मूल्य बराबरका वस्तु निर्यात भएका थिए । 

 चालु आवको तीन महिनामा रु १३ अर्ब ९८ करोड मूल्यका छ करोड ७१ लाख तीन हजार तीन सय आठ लिटर भटमासको प्रशोधित तेल निर्यात भएको छ । 

यसैगरी, चालु आवको तीन महिनामा रु दुई अर्ब सात करोड मूल्य पर्ने दुई करोड १२ लाख ४८ हजार तीन सय ८३ लिटर जुस निर्यात भएको छ । साथै रु एक अर्ब ७० करोड मूल्य पर्ने तीन करोड ६८ लाख ४८ हजार तीन सय आठ लिटर सूर्यमुखीको प्रशोधित तेल र रु ९७ करोड मूल्यका दुई करोड ४९ लाख पाँच हजार एक सय ८५ थान कपडा र र रु ६६ करोड मूल्य पर्ने सेन्थेटिक यार्न निर्यात निर्यात भएको छ ।

प्रकाशित : २२ कार्तिक २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६