कपिलवस्तु, कात्तिक २२
भारतसँगको सिमावर्ती बजार कृष्णनगर हुँदै काठमाडौं र बुटवलका यात्रुका लागि दिल्लीतर्फको बस सेवा विस्तार हुँदै गएको छ । एसी, स्लीपर, शौचालय तथा फोल्डिङ सिटजस्ता आधुनिक सुविधा सहितका बसहरूले लामो दूरीको यात्रालाई सहज बनाएका छन् ।
बुटवलदेखि दिल्ली सम्म हाल अनलाइन टिकट प्रणालीमा १ देखि ३ वटा बस प्रतिदिन सञ्चालनमा देखिएका छन् । रेडबस, गोइबिबो र मेकमाइट्रिपजस्ता बुकिङ प्लेटफर्मका तथ्यांकअनुसार यो मार्गमा दैनिक एकदेखि तीन वटा बस छुट्ने गर्छ । तीमध्ये प्रायः ब्ऋ क्भिभउभच र क्भबतभच ऋयबअज वर्गका बसहरू हुन्, जसले यात्रुलाई रातभरि सहज यात्रा गर्न सहयोग पु¥याउँछन् ।

एक बसमा औसत ४० सिट रहेको र सिट भर्ने दर करिब ७५ प्रतिशत रहने अनुमानका आधारमा बुटवल–दिल्ली मार्गबाट दैनिक करिब ६० देखि ९० यात्रु आवत जावत गर्ने अनुमान गरिएको छ । नजिकैको कृष्णनगर–गोरखपुर मार्गमा भने दैनिक सयौँ यात्रु सीमा पार गर्ने गरेका छन्, जसले कपिलवस्तु क्षेत्र भारत–नेपाल यातायातको प्रमुख प्रवेशद्वार बन्दै गएको छ ।
यात्रीहरूको माग बढ्दै जाँदा बस कम्पनीहरूले लक्जरी बस थप्ने तयारी गरिरहेको बस ब्यवसायीको भनाई रहेको छ । पछिल्ला वर्षहरूमा स्लीपर, ट्वाइलेटसहितका बस थपिँदै गएको स्थानीय ट्राभल एजेन्सीहरूले जनाएका छन् ।
यद्यपि, यस क्षेत्रमा प्रतिदिन चल्ने बसको सङ्ख्या अझै सीमित रहेको, सरकारी र निजी क्षेत्रबीच समन्वयको कमी तथा निश्चित तालिका अभावले यात्रुहरूले सहज सेवा पाउन नसकेको पनि देखिन्छ ।
यातायात व्यवसायीहरूका अनुसार, सिजनमा दिल्ली र गोरखपुरतर्फको यात्रु संख्या दोगुना हुने गर्छ । व्यापारी, विद्यार्थी, र वैदेशिक रोजगारीका लागि दिल्ली जाने यात्रुहरू नै प्रमुख प्रयोगकर्ता हुन् ।
स्थानीय आर्थिक विश्लेषकहरूका अनुसार, कपिलवस्तु–दिल्ली बस सेवाको विस्तारले कपिलवस्तुको व्यवसाय, होटल र पर्यटक आवागमनमा प्रत्यक्ष प्रभाव पार्नेछ । यो रुट अझ व्यवस्थित बनाइएमा क्षेत्रीय अर्थतन्त्रमा नयाँ अवसर खुल्ने उनीहरूको भनाई रहेको छ । तस्विर गोपाल भण्डारी








प्रतिक्रिया