जीवनशैली

भागीरथी गौ संरक्षण विकास केन्द्रमा आध्यात्मिक महोत्सव तयारी तिव्र



बाणगंगा, कपिलवस्तु — कात्तिक २२

बाणगंगा नगरपालिका–८ कपिलवस्तुस्थित भागीरथी गौ संरक्षण विकास केन्द्रले मंसिर ११ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने “भागीरथी गौ संरक्षण आध्यात्मिक महोत्सव–२०८२” को तयारी तिव्र पारेको छ। शनिबार केन्द्रमा सम्पन्न तयारी बैठकले महोत्सवका सबै पक्ष व्यवस्थित गर्न ३५ वटा विषयगत उपसमिति गठन गर्दै विस्तृत कार्ययोजना सार्वजनिक गरेको हो । वडा नंं. ८ का पूर्व वडा अध्यक्ष गुणानिधी भुसालका अनुसार, महोत्सवलाई प्रभावकारी बनाउन जिम्मेवारी विभाजनसहित तयारी अघि बढाइएको छ।
केन्द्रका अध्यक्ष चक्रबहादुर भण्डारीका अनुसार, महोत्सवको मुख्य उद्देश्य छाडा चौपाया व्यवस्थापन, गौ संरक्षण, आध्यात्मिक चेतना तथा सामाजिक एकता प्रवद्र्धन गर्नु रहेको छ। कार्यक्रममा गौसेवा, योग–ध्यान, धार्मिक प्रवचन, सांस्कृतिक प्रदर्शन लगायतका विविध गतिविधिहरू समावेश गरिने तयारी गरिएको छ।
बैठकमा स्थानीय समुदाय, बाणगंगा नगरपालिका, धार्मिक संस्था लगायतका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले महोत्सवलाई सफल र अनुशासित बनाउन एकजुट प्रयास गर्ने प्रतिबद्धता जनाएका छन्। वडा नं. ८ का अध्यक्ष बाबुराम अर्यालले महोत्सवले स्थानीय एकता र धार्मिक चेतनामा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गर्नुभयो।
केन्द्रका सचिव गोविन्द कंडेलका अनुसार, मंसिर ११ गते शुभ उद्घाटनसहित सात दिनसम्म चल्ने महोत्सवमा लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रका साधु–सन्त, विद्वान र समाजसेवीहरूका विशेष प्रवचन हुनेछ । साथै, दैनिक गौपूजन, आरती, भजन–कीर्तन र नाट्य प्रस्तुति कार्यक्रमको मुख्य आकर्षण हुने बताइएको छ।
स्थानीय नागरिकहरूले यस किसिमको आध्यात्मिक आयोजनाले धार्मिक पर्यटन र स्थानीय पहिचानलाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन्। साथै, गौपालन र जैविक कृषिको प्रचार–प्रसारमा पनि यसले सशक्त सन्देश दिने अपेक्षा गरिएको छ।
यसबीच, तयारीका क्रममा स्थल सरसफाइ, मञ्च निर्माण, गौशालाको सौन्दर्यीकरण र यातायात व्यवस्थापनका काम तीव्र गतिमा भइरहेको आयोजकले जनाएको छ। आयोजक संस्थाले कार्यक्रमलाई अनुशासित, भव्य र आध्यात्मिकरूपमा सम्पन्न बनाउन सम्पूर्ण भक्तजन र स्थानीयवासीहरूलाई सक्रिय सहयोगका लागि आग्रह गरेको छ।

प्रकाशित : २३ कार्तिक २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६