जीवनशैली

वनको संरक्षण सन्तानप्रतिको जिम्मेवारी हो — प्रदेशसभा सदस्य पंथी

पत्रकार थापा र पौडेल सम्मानित



बाणगंगा, कपिलवस्तु — कात्तिक २३

लुम्बिनी प्रदेशसभा सदस्य विष्णु प्रसाद पंथीले वनलाई “भावी पुस्ताको सम्पत्ति र नविकरणीय स्रोत” का रूपमा जोगाउन सबै नागरिकले जिम्मेवारी पूर्वक योगदान दिनुपर्ने धारणा राख्नु भयो ।
प्रदेश सभा सदस्य पंथीले “सबै स्रोत सकिन सक्छन्, तर वन र जंगल कहिल्यै सकिँदैन। यसले जीवन चक्रलाई निरन्तरता दिन्छ, त्यसैले यसलाई संरक्षण गर्नु हाम्रा सन्तानप्रतिको जिम्मेवारी हो।”
पंथीले वन अतिक्रमण रोक्न, स्रोत र साधनमा पारदर्शिता कायम गर्न र सामुदायिक स्वामित्वलाई सुदृढ गर्न आग्रह गर्नु भयो । प्रदेश सभा सदस्य पंथीले मायादेवी साझेदारी वनले तीन पालिका र १६ वडाका जनतालाई प्रत्यक्ष लाभान्वित गरिरहेको छ, जसले स्थानीय जीवनस्तरमा उल्लेखनीय योगदान पु¥याइरहेको छ।
मायादेवी साझेदारी वन उपभोक्ता समूहको १३औं वार्षिक साधारण सभामा प्रमुख अतिथीको आसनबाट पंथीले यस्तो विचार राख्नु भएको हो ।


आइतवार सम्पन्न सभामा वन संरक्षण, पारदर्शिता, सामुदायिक सहभागिता र दिगो विकासका विषयमा महत्वपूर्ण निर्णय गर्दै नयाँ नीति तथा कार्यक्रम पारित गरिएको छ।
कार्यक्रमका विशिष्ट अतिथि बाणगंगा नगर प्रमुख चक्रपाणी अर्यालले साझेदारी वनले वातावरण संरक्षणसँगै स्थानीय रोजगारी सिर्जनामा सकारात्मक भूमिका खेलेको विचार राख्नु भयो । अर्यालले
जोड दिँदै “साझेदारी वनले न केवल वातावरण संरक्षण गर्छ, यसले स्थानीय गरिबी घटाउने र आत्मनिर्भरता बढाउने मार्ग पनि प्रशस्त गर्छ।”
त्यसैगरी शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीले सामुदायिक स्वामित्व र सहभागिताबाट मात्र वनको दिगोपन सुनिश्चित हुने उल्लेख गर्दै सबै नागरिकले वनलाई अपनत्वका साथ संरक्षण गर्नुपर्नेमा जोड दिनु भयो ।
मायादेवी साझेदारी बनका अध्यक्ष दिनेश जैशवालले सहभागी सबैप्रति आभार व्यक्त गर्दै वन संरक्षणलाई निरन्तर अभियानका रूपमा अघि बढाउने प्रतिबद्धता जनाउनु भयो । अध्यक्ष जैयशवालले “मायादेवी साझेदारी वन केवल प्राकृतिक स्रोत होइन, यो हाम्रो पहिचान र सामूहिक उत्तरदायित्व पनि हो। वार्षिक साधारणसभाले दिगो विकास र सहकार्यको नयाँ ऊर्जा जगाएको छ।”
कार्यक्रममा जनप्रतिनिधि, सरोकारवाला, उपभोक्ता समूहका सदस्य, स्थानीय बासिन्दा र सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सभाले वन संरक्षण र सामुदायिक सहकार्यको सशक्त सन्देश दिएको छ — जसले “वनमैत्री समाज, दिगो विकास र हरित भविष्य” को बाटोमा समुदायलाई अझ सशक्त बनाउने विश्वास गरिएको छ।
संचारकर्मी थापा र पौडेल सम्मानित
बनको साधारण सभाको अवसरमा सक्रिय सञ्चारकर्मी भुपाल थापा

र कृष्णप्रसाद पौडेललाई

वन संरक्षण, सामुदायिक सशक्तीकरण र सामाजिक उत्तरदायित्वका क्षेत्रमा पु¥याएको उल्लेखनीय योगदानका लागि सम्मान गरिएको थियो। संचारकर्मीद्धयलाई प्रदेशसभा सदस्य विष्णु प्रसाद पंथी र संस्थाका अध्यक्ष दिनेश जैयशवालले दोसल्ला र प्रशंसा पत्रद्धारा सम्मान गरिएको हो ।

प्रकाशित : २४ कार्तिक २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६