अर्थ-वाणिज्य

पत्थरदेइयामा नयाँ स्वास्थ्य चौकी भवन ग्रामीण स्वास्थ्य सेवामा नयाँ आशा



कपिलवस्तु, कात्तिक २४

कपिलवस्तुको विजयनगर गाउँपालिका–३ पत्थरदेइयामा अब आधुनिक सुविधासम्पन्न स्वास्थ्य चौकी भवन निर्माण हुने भएको छ । भारतीय दूतावासको सहयोग र विजयनगर गाउँपालिकाको साझेदारीमा २ करोड ३० लाख रुपैयाँ लागतमा बन्ने यो भवनले ग्रामीण बस्तीको स्वास्थ्य सेवामा नयाँ आयाम थप्ने विश्वास गरिएको छ ।
गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाका अनुसार सोमबार संघीय मामिला मन्त्रालयमा भएको सम्झौता कार्यक्रम मार्फत स्वास्थ्य चौकी भवन निर्माणको प्रक्रिया औपचारिक रूपमा शुरु गरिएको हो । “यो हाम्रो सामूहिक प्रयासको परिणाम हो,” अध्यक्ष थापाले भन्नु भयो “भवन बनेपछि यहाँका नागरिकले सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउनेछन्, जसले स्थानीय जीवनस्तरमा ठुलो सुधार ल्याउनेछ ।”
विगतमा जीर्ण भवनबाट स्वास्थ्य सेवा लिन बाध्य रहँदै आएका स्थानीयवासीमा यो निर्णयले नयाँ आशा जगाएको छ । स्वास्थ्य चौकीका लागि पर्याप्त पूर्वाधार नहुँदा उपचारका लागि टाढा जानुपर्ने समस्या अब अन्त्य हुने अपेक्षा गरिएको छ ।


स्थानीयवासी हरि चौधरी भन्छन्, “अब उपचारका लागि घण्टौं हिँड्नुपर्ने बाध्यता हट्नेछ, विशेषगरी गर्भवती महिला, बालबालिका र ज्येष्ठ नागरिकका लागि यो भवन वरदान साबित हुनेछ।”
यो परियोजना केवल स्वास्थ्य सेवा विस्तारमा सीमित नभई समुदायमा सशक्तीकरण र विकासको महत्वपूर्ण आधारका रूपमा समेत हेरिएको छ । स्थानीयस्तरमा रोजगारी सिर्जना, सेवा पहुँचमा समानता र ग्रामीण जनजीवनमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।


स्वास्थ्यलाई प्राथमिकतामा राख्दै गरिएको यो लगानीले विजयनगर मात्र होइन, समग्र कपिलवस्तु जिल्लाको ग्रामीण स्वास्थ्य संरचनामा नयाँ प्रेरणा जगाउनेछ । – स्वस्थ समुदाय, सबल गाउँ निर्माणमा यो संझौता ऐतिहासिक हुने विश्वास गरिएको गाउँ पालिका उपाध्यक्ष लक्ष्मी चौधरीले विचार राख्नु भयो ।

प्रकाशित : २५ कार्तिक २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६