ब्रेकिंग न्युज

भोजपुरमा पशुमा खोरेत रोगविरुद्ध खोप अभियान सुरु



भोजपुर, २५ कात्तिक
गाईभैँसीमा लाग्ने खोरेत रोग उन्मूलनका लागि एक महिनासम्म सञ्चालन हुने खोप अभियान सुरु गरिएको छ । जिल्लाभरका किसानको पशुमा खोरेत रोग नियन्त्रण र उन्मूलन गर्ने उद्देश्यका साथ खोप अभियान सुरु गरिएको भेटेरिनरी अस्पताल तथा सेवा विज्ञ केन्द्रले जनाएको छ ।

सेवा विज्ञ केन्द्रका प्रमुख पुष्पराज दाहालका अनुसार जिल्लाका सबै नौवटै स्थानीय तहमा कात्तिक २३ गतेदेखि मङ्सिर २३ गतेसम्म अभियान सञ्चालन हुनेछ । “जिल्लामा खोरेत रोगविरुद्धका खोप अभियान सञ्चालन गरेका छौँ”, उहाँले भन्नुभयो, “यो अभियानका लागि हामीलाई ६७ हजार खोप प्राप्त भएको छ । किसानकै गोठमा पुगेर खोपकर्तामार्फत खोप लगाउने व्यवस्था मिलाइएको छ ।”

रोग नियन्त्रणसँगै उत्पादनमा वृद्धि र पशुपालक किसानलाई आर्थिक लाभ पुर्याउने लक्ष्यका साथ खोप अभियान सञ्चालन गरिएको प्रमुख दाहालले बताउनुभयो ।

कोशी प्रदेश सरकारको ‘पशुजन्य पदार्थ निर्यातमा टेवा पुर्याई किसानलाई आर्थिक रूपले समृद्ध बनाऔँ’ भन्ने नाराका साथ अभियान सञ्चालन गरिएको हो । यस अभियानअन्तर्गत प्रत्येक बस्तीमा पुगेर खोपकर्ताले घरमै खोप लगाउने छन् । यसले ग्रामीण क्षेत्रका किसानलाई सहज र सुलभ सेवा उपलब्ध हुने कार्यालयको भनाइ छ ।

कार्यालयका अनुसार पहिलो चरणको खोप अभियान सम्पन्न भएपछि पुनः दोस्रो चरणको कार्यक्रम सञ्चालन गरिनेछ । सो क्रममा खोप लगाइएका पशुहरूमा रोगको अवस्थाबारे अनुगमन गरी पुनः आवश्यक व्यवस्थापन गरिनेछ ।

अधिकांश किसान पशुपालन व्यवसायमा निर्भर भए पनि पशुमा लाग्ने सामान्य रोग तथा उपचारको जानकारी नहुँदा समस्या भोग्दै आएका छन् । पशुमा लाग्ने रोगबारे जनचेतना फैलाउने काम पनि सँगसँगै भइरहेको प्रमुख दाहालले बताउनुभयो ।

खोप अभियानले किसानलाई आर्थिक रूपमा सबल बनाउन, पशुजन्य उत्पादन वृद्धि गर्न र रोग नियन्त्रणमा दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको भेटेरिनरी अस्पताल तथा सेवा विज्ञ केन्द्रले जनाएको छ ।

प्रकाशित : २६ कार्तिक २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६