कपिलवस्तु, कात्तिक २५
बाणगंगा नगरपालिका–४, ठाकुरापुरस्थित युनाईटेड बहुउद्देश्यीय सहकारी संस्था लि.द्वारा सञ्चालित युनाईटेड अस्पताल स्थानीय समुदायको स्वास्थ्य भरोसाको केन्द्र बन्दै गएको छ । सहकारी मूल्य र मान्यतामा आधारित यो अस्पतालले सहज शुल्कमा विशेषज्ञ सेवा उपलब्ध गराउँदै जनताको मन जित्न सफल भएको छ ।
दैनिक करिब १०० भन्दा बढी बिरामी उपचारका लागि आउने यो अस्पतालले छोटो अवधिमै स्वास्थ्य सेवा क्षेत्रमा उल्लेखनीय पहिचान बनाएको छ । अस्पतालले भौतिक पूर्वाधार, दक्ष जनशक्ति, र अत्याधुनिक उपकरण व्यवस्थापनमा निरन्तर सुधार गर्दै सेवा विस्तारमा ध्यान केन्द्रित गरेको छ ।
अस्पतालका कार्यकारी निर्देशक सुन्दर आचार्य स्थापनाकालदेखि नै अस्पतालको विकासका लागि अहोरात्र खटिनु भएको छ । उहाँले दिनमा १८ घण्टासम्म समय दिँदै अस्पताललाई आधुनिक र प्रभावकारी बनाउने अभियान अघि बढाइरहनु भएको छ ।
अस्पतालमा कार्यरत वरिष्ठ फेमिली फिजिसियन तथा जि.पि. सर्जन डा. पूर्ण घर्ती पेट, छाती, मुटु, थाइराइड तथा सुगर रोगका अनुभवी विशेषज्ञ हुनुहुन्छ । सामान्य पृष्ठभूमिबाट आएका डा. घर्तीको बिरामीप्रतिको आत्मीयता र व्यवहारिकता उनको प्रमुख पहिचान बनेको छ ।

यस्तै, हाडजोर्नी, नशा तथा बाथ रोग विशेषज्ञ डा. समिर खान आफ्नो विषयमा अत्यन्त दक्ष र अनुभवी चिकित्सकका रूपमा परिचित हुनुहुन्छ । बिरामीसँगको सादगी र उपचारप्रतिको समर्पणका कारण उहाँले पनि समुदायको विश्वास जित्नुभएको छ ।

त्यस्तै, कन्सल्टेन्ट फिजिसियन डा. गोबिन्द रावत पेट, छाती, मुटु, मृगौला, आन्द्रा, कलेजो, थाइराइड, मधुमेह (सुगर) र बाथ रोग विशेषज्ञ हुनुहुन्छ । उहाँको सरल स्वभाव र निष्ठावान सेवा भावना बिरामीहरूका लागि प्रेरणादायी बनिएको छ ।

युनाईटेड अस्पतालले स्थानीय स्तरमै विशेषज्ञ सेवा उपलब्ध गराउँदै, आकस्मिक अवस्थामा बिरामीको ज्यान जोगाउने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । बिरामी र परिवारजनबाट प्राप्त सकारात्मक प्रतिक्रिया अस्पतालको सफलताको प्रमुख आधार बनेको छ ।
सहकारी मूल्यमा सञ्चालित युनाईटेड अस्पताल अब केवल उपचार केन्द्र मात्र होइन, बरु “समर्पण र सेवाको प्रतीक”का रूपमा परिचित बन्दै गएको छ । स्थानीयवासीहरूका शब्दमा — “युनाईटेड अस्पताल हाम्रो नजिकको भरोसामय स्वास्थ्य साथी हो ” भन्ने मान्यता स्थापित भएको छ ।








प्रतिक्रिया