खोज–अनुसन्धान

जिल्लाकै पहिलो गौ महोत्सवको तयारी तीव्र



बाणगंगा, कपिलवस्तु — कात्तिक २८

बाणगंगा नगरपालिका–८ मधुबनमा भागीरथी गौ संरक्षण विकास केन्द्रमा आगामी मंसिर ११ गतेदेखि सञ्चालन हुने जिल्लाकै पहिलो गौ महोत्सवको तयारी तीव्र पारिएको छ। केन्द्रले मंसिर ११ देखि १७ गतेसम्म “भागीरथी गौ संरक्षण आध्यात्मिक महोत्सव–२०८२” आयोजना गर्ने तयारी गरिरहेको हो।
महोत्सवको पूर्वसन्ध्यामा बाणगंगा नगरपालिकाको नगर प्रमुख सहितको टोलीले बुधिबार गौशालामा पुगेर तयारीको विस्तृत अवलोकन तथा छलफल गरेको छ। निरीक्षण टोलीमा नगर प्रमुख चक्रपाणी अर्याल, उपप्रमुख रिता कुमारी चौधरी, वडा नं. २ का वडा अध्यक्ष विष्णु पौडेल तथा नगरका वरिष्ठ प्रशासकीय अधिकृत केशवराज भट्टराई सहभागी थियो ।
अवलोकनका क्रममा आयोजक संस्थाले महोत्सव सम्बन्धी तयारीको अवस्था, अपेक्षा तथा नगरपालिकाबाट आवश्यक सहयोगका विषयमा जानकारी प्रस्तुत गरेको थियो । नगर नेतृत्वले केन्द्रमा भइरहेको आयोजनालाई सांस्कृतिक, धार्मिक र संरक्षणका दृष्टिले महत्वपूर्ण बताउँदै प्रभावकारी समन्वयमा सहयोग गर्ने प्रतिवद्धता जनायो।
आयोजकका अनुसार महोत्सवले गौ संरक्षण, आध्यात्मिक चेतना, परम्परागत मूल्य र सामाजिक एकता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। सबैलाई “मन, वचन र कर्म” ले पुण्य कार्यमा सहभागी हुन नगर प्रमुख अर्यालले आग्रह गर्नु भयो ।

प्रकाशित : २९ कार्तिक २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६