अर्थ-वाणिज्य

बाणगंगामा साइकल यात्रा २०८२वाहय जिल्लबाट आएका सराइडर्सलाई भब्य स्वागत



कपिलवस्तु, कात्तिक २८

बाणगंगा राइडर्स क्लबद्वारा आयोजित “बाणगंगा साइकल यात्रा–२०८२” मा सहभागी हुन विभिन्न जिल्लाबाट बाणगंगा नगर पुगेका साइकल राइडर्सलाई आयोजकले भव्य स्वागत गरेको छ। क्लबले सहभागीहरूका लागि व्यवस्थित बसोबास, खानपान तथा आवश्यक अन्य व्यवस्थापन मिलाएको जानकारी दिएको छ।
आयोजकका अनुसार यस कार्यक्रमले कपिलवस्तु जिल्लाको पहिचान, बाणगंगा नगरको पर्यटन सम्भावना र स्थानीय सुन्दर स्थलहरूको प्रचार–प्रसारमा महत्वपूर्ण योगदान गर्नेछ। कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै व्यक्ति तथा संस्थाप्रति आयोजकले हार्दिक धन्यवाद व्यक्त गरेको छ। क्लबले सक्रियता, ऊर्जा र प्रतिबद्धतासहित यो कार्यक्रम एक कोसेढुंगा बन्ने विश्वास व्यक्त गरेको छ।


कार्यक्रमको शुभारम्भ लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री विष्णु प्रसाद पंथिले गर्ने जानकारी क्लबका अध्यक्ष विष्णु सापकोटाले दिनु भयो । साइकल यात्रा विहान ६ः३० बजे बाणगंगा–४ को चोकबाट सुरु हुने बताइएको छ।
राइडर्सको टोलीले बाणगंगा नगरपालिकाका ११ वटै वडामा अवलोकन गर्नेछ र करीब ७० किलोमिटर लामो साइकिलङ यात्रा सम्पन्न गर्नेछ। बाहिरी जिल्लाबाट सहभागी हुने पाहुनाहरू शुक्रबार नै बाणगंगामा आइपुगेको आयोजकले जनाएको छ।

प्रकाशित : २९ कार्तिक २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६