खेलकुद

बाणगंगा साइकल यात्रा–२०८२ भव्यरूपमा शुभारम्भ ४० जिल्लाबाट ४०० भन्दा बढी राइडर्सको सहभागिता



कपिलवस्तु, कात्तिक २९

बाणगंगा राइडर्स क्लबद्वारा आयोजित ‘बाणगंगा साइकल यात्रा–२०८२’ को भव्य कार्यक्रम आज विहान ७ः३० बजे शुभारम्भ गरिएको छ। कार्यक्रमको उद्घघाटन लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री विष्णु प्रसाद पंन्थिन्ले गर्नुभयो।


शुभारम्भ समारोहमा बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्याल लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।


आयोजक संस्थाका अध्यक्ष विष्णु सापकोटाका अनुसार साइकल यात्रामा ४० जिल्लाबाट ४०० भन्दा बढी राइडर्स सहभागी भएका छन्। बाणगंगा नगर पुगेका साइकल राइडर्स तथा अतिथिहरूलाई आयोजकले भव्य रूपमा स्वागत गरेको थियो।
कार्यक्रमले कपिलवस्तु जिल्लाको पहिचान, बाणगंगा नगरको पर्यटन सम्भावना, तथा स्थानीय सुन्दर स्थलहरूको प्रचार–प्रसारमा महत्वपूर्ण योगदान गर्ने आयोजकको विश्वास छ।


राइडर्सको टोलीले बाणगंगा नगरपालिकाका ११ वटै वडाको अवलोकन गर्नेछ र झण्डै ७० किलोमिटर लामो साइकल यात्रा सम्पन्न गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित : ३० कार्तिक २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६