देश

कपिलवस्तुका बाणगंगा र विजयनगर देशभर उत्कृष्ट, जिल्ला समन्वय समितिबाट सम्मान



कपिलवस्तु, कात्तिक ३०

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०÷८१ का सूचाङ्कमा कपिलवस्तु जिल्लाका दुई स्थानीय तह—बाणगंगा नगरपालिका र विजयनगर गाउँपालिका—देशभरै उत्कृष्ट ठहरिएका छन्।
बाणगंगा नगरपालिकाले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन मा ८९.७५ अंक प्राप्त गर्दै मुलुकभर आठौँ स्थान हासिल गरेको छ। जिल्लास्तरमा भने बाणगंगा प्रथम बन्दै उत्कृष्ट सेवा प्रवाह र सुशासनको नमूना बनेको छ। नगरपालिकालाई सो उपलब्धीका लागि प्रशंसापत्र प्रदान गरिएको छ।


यस्तै, विजयनगर गाउँपालिकाले वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा ९५ अंक प्राप्त गर्दै कपिलवस्तु जिल्लामा सर्वोत्तम स्थानीय तह घोषित भएको छ। पारदर्शिता, उत्तरदायित्व र वित्तीय अनुशासनका सूचकहरूमा उत्कृष्ट प्रदर्शन गरेबापत गाउँपालिकालाई पनि प्रशंसापत्र प्रदान गरिएको छ।


यसै क्रममा, जिल्ला समन्वय समिति कपिलवस्तुले आइतबार तौलिहवामा सम्पन्न आठौँ जिल्ला सभा बैठकमा दुवै पालिकालाई सम्मान गरेको हो। जिल्ला समन्वय समिति, कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले बाणगंगा नगरप्रमुख चक्रपाणी अर्याल, उपप्रमुख रिता कुमारी चौधरी, विजयनगर गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी तथा प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाललाई सम्मान पत्र हस्तान्तरण गर्नु भयो।


जिल्ला सभाले आर्थिक वर्ष २०८२÷८३ का लागि प्रस्तुत नीति तथा कार्यक्रम सर्व सम्मतिले पारित गरेको छ। बैठकमा कपिलवस्तुका सबै पालिकाका प्रमुख तथा सभा सदस्यहरूको सहभागिता रहेको थियो।

प्रकाशित : १ मंसिर २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६