अन्तर्राष्ट्रिय

नागेन्द्रको शव नेपाल पठाउन आर्थिक सहयोग सङ्कलन



लिस्बन (पोर्चुगल), रासस, मंसिर १

सडक दुर्घटनामा परी ज्यान गुमाएका सुनसरीको इटहरी उपमहानगरपालिका–५ पिपलचोकका ४१ वर्षीय नागेन्द्र चौधरीको शव नेपाल पठाउन आर्थिक सहयोग सङ्कलन थालिएको छ । उनको घरपरिवारको आर्थिक स्थिति अत्यन्त कमजोर भएकाले शव पठाउन आर्थिक सहयोग सङ्कलन सुरु गरिएको हो ।

वैदेशिक रोजगारीका सिलसिलामा विगत साढे दुई वर्षदेखि पोर्चुगल बस्दै आएका चौधरीको गत आइतबार सडक दुर्घटनामा परी ज्यान गएको हो । बजारबाट सामान किनमेल गरी इलेक्ट्रिक साइकलमा बासस्थान फर्कँदै गरेका उनलाई तीव्रगतिमा आएको कारले पछाडिबाट ठक्कर दिँदा चौधरीको घटनास्थलमै ज्यान गएको उनका साथी राजाराम श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार चौधरीसहित तीन नेपाली नागरिक साइकलमा बजार गएका थिए । चौधरीको दुर्घटनामा परी ज्यान गएको घटनाबारे उनको घरपरिवारलाई जानकारी गराइएको छ । चौधरीको शव नेपाल पठाइदिन परिवारजनले आग्रह गरेको श्रेष्ठले बताउनुभयो । घरपरिवारको आर्थिक स्थिति अत्यन्त कमजोर भएको र शव पठाउने कार्य खर्चिलो भएकाले पोर्चुगलमा रहेका नेपाली समुदायले आर्थिक सहयोग सङ्कलन सुरु गरेका उहाँले बताउनुभयो । भिसेउको साटाओ ट्राभेन्सेलास्थित एक कृषि कम्पनीमा कार्यरत चौधरी यसअघि नेपाली सेनामा कार्यरत थिए ।

प्रकाशित : २ मंसिर २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६