बाणगंगा, मंसिर १
बाणगंगा नगरपालिकाको न्यायिक समितिले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१÷८२ को प्रगति विवरणले नगरको ‘सुलह–समाधान संस्कृति’ कति बलियो बन्दै गएको छ भन्ने स्पष्ट देखाउँछ। न्यायिक समितिको मूल उद्देश्य– स्थानीयस्तरमै विवादको न्यूनतम लागतमा समाधान, समुदायमा सौहार्द कायम र न्यायमा सहज पहुँच — यी सबै सूचकमा बाणगंगा सकारात्मक रूपले अघि बढेको बाणगंगा नगरको तथ्यांकले देखिन्छ।
वर्षै पिच्छे दर्ता हुने उजुरी घट्दै जानु, मेलमिलापबाट समाधान वृद्धि हुनु र प्रक्रियामा अड्किने विवाद घट्नु— यी झिनो तथ्य होइनन्। यी परिवर्तनले बाणगंगामा विवाद ‘राजनीतिक–कानुनी तनाव’ होइन, ‘समुदायको सहकार्य’ बाट समाधान हुने संस्कार विकसित भइरहेको संकेत दिन्छ । तीन आर्थिक वर्षलाई विश्लेषण गर्दा दर्ता हुने उजुरी घट्यो रहेको देख्न सकिन्छ । जुन तथ्यले समुदायमा मेलमिलाप संस्कृति मजबुत २०७८÷७९ र २०७९÷८० का वर्षसँग तुलना गर्दा २०८१÷८२ मा दर्ता हुने नयाँ उजुरी संख्या उल्लेखनीय रूपमा घटेको छ बताउनु हन्छ नगर उपप्रमुख एवम् न्यायिक समिति संयोजक रिता कुमारी चौधरी ।

गत वर्ष दर्ता भएका २३ उजुरी घटेर यस वर्ष १५ मा सीमित हुनु सकारात्मक परिवर्तन हो। दुवै वर्ष मिलाएर हेर्दा — गत वर्ष जम्मा उजुरीः ४१, यि वर्ष जम्मा उजुरीः १९ यसले समुदायभित्र विवाद समाधानमा स्थानीय संरचना, सामाजिक संवाद र बीचका समूहहरूको भूमिका बढ्दो रहेको बुझाउँछ। समस्या समाधान दर निकै उच्च १९ मध्ये १८ विवाद फछ्र्यौट भएका छन् । २०८१÷८२ मा दर्ता भएका १९ मध्ये १८ विवाद समाधान हुनु न्यायिक समितिको सक्षमता र सक्रिय कार्यशैलीको प्रमुख संकेत हो ।
विवादहरुमा ६ विवाद मिलापत्रबाट समाधान गरिएको छ, ४ विवाद समितिको निर्णयबाट र ८ विवाद अन्य निकायमा पठाइएका छन् । केवल १ विवाद मात्र प्रक्रियामा गएको छ । यसले स्पष्ट रुपमा भन्न सकिन्छ कि बाणगंगामा दर्ता हुने विवादहरू ‘लामो समय अल्झिने’ होइन, ‘छिटो, सहज र न्यायपूर्ण’ ढंगले समाधान हुने मोडेल विकसित भइरहेको छ । जग्गा विवाद नै प्रमुख चुनौती, तर समाधान दर प्रभावशाली वर्षको सबैभन्दा धेरै दर्ता हुने विवाद जग्गा–साँध–सिमाना कै भए पनि समाधान दर प्रशंसनीय छ। दर्ता १२ — फछ्र्यौटः ११ — प्रक्रियामाः १ यो तथ्यले देखाउँछ कि सम्भावित उच्च–तनाव हुने जग्गा विवादमा पनि समिति संवाद, तथ्य संग्रह र सहमतिको प्रक्रियामा सफल छ। बाणगंगामा ‘पारिवारिक र छिमेकी विवाद’ बढ्दै छैन— बरु समाधानको मार्ग सहज बन्दै गएको छ। घरेलु हिंसा र दाम्पत्य विवाद संवेदनशील तर प्रभावकारी हस्तक्षेप २०८१÷८२ का संवेदनशील प्रकृतिका विवाद १, घरेलु तथा महिला हिंसा ५, पति–पत्नी तथा घरेलु सम्बन्ध सबै ६ वटा विवाद सफलतापूर्वक समाधान । यसले स्पष्ट गर्छ कि न्यायिक समिति केवल कागजी प्रक्रियामा सीमित छैन यो ‘भावनात्मक–सामाजिक उपचार’ को भूमिका समेत निभाइरहेको संस्था हो। विशेषगरी दाम्पत्य सम्बन्धमा समाधान दर उच्च हुनु नगरपालिका स्तरमा सामाजिक परामर्श र मेलमिलाप प्रयास सफल भएको संकेत हो ।
सकारात्मक मोडेल दर्ता घट्यो, समाधान बढ्यो । दुवै वर्षको विवरणले निम्न पाँच महत्वपूर्ण सकारात्मक संकेत दिन्छ । उजुरी दर्ता घट्दो क्रममा – समुदायमा सचेतना र मेलमिलापको अभ्यास बढेको अर्थ। समाधान दर ९५% भन्दा माथि – स्थानीय न्याय व्यवस्थामा जनविश्वास बलियो। जग्गा विवादको प्रभावकारी व्यवस्थापन – प्राविधिक तथा कानुनी सहकार्य उपयुक्त रूपमा उपयोग। संवेदनशील घरेलु–दाम्पत्य केसमा शून्य प्रक्रियागत अल्झन – समयमै हस्तक्षेप । प्रक्रियामा अड्केका विवाद न्यून (१ मात्र) – निर्णय क्षमताको बलियो व्यवस्थापन। आगामी दिनका प्राथमिकता ः अझै सुधार सम्भव यद्यपि प्रगति उल्लेखनीय छ, आगामी वर्ष बाणगंगाले ध्यान दिनुपर्ने केही महत्वपूर्ण क्षेत्र छन ।
क) जग्गा विवादका लागि प्राविधिक सहयोग एकीकृत गर्ने नापी नक्सा, भू–सूचना, र प्राविधिक प्रमाण स्पष्ट नहुँदा केही विवाद लम्बिने सम्भावना हुन्छ। ‘मोबाइल टेक्निकल टिम’ वा ‘जग्गा विवाद फ्याक्ट–फाइन्डिङ प्रणाली’ आवश्यक देखिन्छ। ख) घरेलु हिंसा रोकथामका लागि सामुदायिक चेतना कार्यक्रम समाधान दर राम्रो भए पनि ‘पूर्व–निवारण’ अझै सुदृढ हुनुपर्छ।
वडा–स्तरमा महिला समूह, प्रहरी र न्यायिक समितिको संयुक्त अभियान प्रभावकारी हुन सक्छ।
ग) मिलापत्रपछि अनुगमन प्रणाली सुदृढ गर्ने सहमतिबाट समाधान भएकामा दीर्घकालीन पालना कति भयो? ँयिियध–गउ mभअजबलष्कm नभए पुनः उजुरी दोहोरिन सक्छ। घ) विवाद दर्ता प्रक्रिया सहज बनाउने डिजिटल दर्ता, अनलाइन उजुरी, र तत्काल परामर्श सेवाले अझै व्यापक पहुँच दिन सक्छ। ङ) कानुनी तथा मनोसामाजिक परामर्श प्रशिक्षण विवाद समाधान गर्दै गर्दा मनोवैज्ञानिक पक्ष अत्यन्त महत्त्वपूर्ण हुन्छ। समिति सदस्यका लागि नियमित क्षमता अभिवृद्धि अत्यावश्यक देखा परेको छ ।
ठोस रुपमा विश्लेषण गर्दा ‘बाणगंगा मेलमिलाप र न्यायको मोडेलतर्फ’ बाणगंगा नगरपालिकाको न्यायिक समिति अब केवल विवाद समाधान गर्ने संरचना मात्र होइन— समुदायमा विश्वास, सहकार्य र सहिष्णुता बढाउने ‘सामाजिक परिवर्तन केन्द्र’ जस्तै बन्दै गएको छ। दर्ता घट्दै, समाधान बढ्दै, अड्कने विवाद न्यून हुँदै, घरेलु तथा संवेदनशील मुद्दामा प्रभावकारी हस्तक्षेप, यी सबै उपलब्धि कुनै नगरपालिका–स्तरका सामान्य सूचक होइनन्। यदि यही गति, यही पारदर्शिता र समुदाय–केन्द्रित कार्यशैली निरन्तर रह्यो भने—बाणगंगा प्रदेशमै ‘मिलाप–संस्कृतिको मोडेल नगरपालिका’ बन्ने सम्भावना अत्यन्त उच्च छ।








प्रतिक्रिया