कपिलवस्तु, मंसिर १
बाणगंगा वेयलफेयर सोसाइटीको आयोजनामा आगामी मंसिर १८ गतेदेखि पुस १ गतेसम्म बाणगंगास्थित बुद्ध रंगशालामा आयोजना हुने १६ औँ कपिलवस्तु महोत्सव तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी–२०८२ का तयारी कार्य तीव्र गतिमा अघि बढाइएको छ ।
महोत्सव स्थलमा स्टल निर्माण, गेट निर्माण तथा मञ्च निर्माण कार्य द्रुत गतिमा भइरहेको निर्माण संयोजक रविन मल्लले जानकारी दिनु भयो । मल्लका अनुसार केही दिनमै सम्पूर्ण निर्माण कार्य सम्पन्न गरिनेछ।
आयोजकका अनुसार यो महोत्सवमा ३०० स्टलहरु रहनेछन्, जसले जिल्लाको कृषि, पर्यटन, उद्योग तथा स्थानीय उत्पादनलाई एकैस्थानमा प्रवद्र्धन गर्नेछ। स्टल २०० व्यवसायिक स्टल, ५० कृषि स्टल, २० स्थानीय संघ–संस्थाका लागि छुट्याइएका छन् । त्यस्तै ३० महिला उद्यमी तथा स्थानीय उत्पादन प्रवद्र्धन स्टल २० होटेल खाजा–नास्ता स्टल, १० अटो तथा आधुनिक कृषि उपकरण प्रदर्शनी स्टल ब्यवस्थापन गरिएको छ । बाणगंगा वेयलफेयर सोसाइटीका महासचिव बुद्धि बहादुर रोकाहा (दिनेश) ले महोत्सवलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठाएर राष्ट्रिय स्तरको औद्योगिक प्रदर्शनीका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको बताउनु भयो । रोकाहाका अनुसार महोत्सवलाई अझ समृद्ध र आकर्षक बनाउन नयाँ पहलहरु भइरहेको छ, जसको बारेमा केही दिनमै सार्वजनिक गरिनेछ।
महोत्सवलाई कपिलवस्तुको पहिचान, आर्थिक विकास र एकताको प्रतीकका रूपमा सफल बनाउन सबै पक्षलाई सहकार्य गर्न सोसाइटीले आह्वान गरेको छ। जिल्लाकै महत्वपूर्ण आयोजनाका रूपमा लिइने बाणगंगाको बुद्ध रंगशालामा हुने यो महोत्सवप्रति स्थानीय बासिन्दादेखि व्यवसायी तथा उद्यमीहरू उत्साहित देखिएका छन्।








प्रतिक्रिया