अर्थ-वाणिज्य

सिनर्जी सहकारी उत्कृष्ट करदाता सम्मानित



कपिलवस्तु, मंसिर १

सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड उत्कृष्ट करदाताका रूपमा सम्मानित भएको छ। चौधौँ राष्ट्रिय कर दिवस–२०८२ को अवसरमा आन्तरिक राजश्व कार्यालय कृष्णनगरले आज आयोजना गरेको कार्यक्रममा जिल्ला स्तरको उत्कृष्ट करदाताका रूपमा संस्थालाई सम्मान गरिएको हो। सहकारीका व्यवस्थापक दिनामणी खनालका अनुसार संस्थाले यस सँगै तेस्रो पटक उत्कृष्ट करदाता बन्न सफल भएको छ।
कार्यक्रम आन्तरिक राजश्व कार्यालय कृष्णनगरका प्रमुख कर अधिकृत सुजित कुमार सिंहले उद्योगी–व्यवसायीका समस्या समाधान गर्न कर प्रशासन सदैव तत्पर रहने बताउनु भयो ।


सोही कार्यक्रममा उद्योग वाणिज्य संघ चन्द्रौटाका अध्यक्ष ईश्वरी पाण्डेले कर तिरेका व्यवसायीलाई विशेष सुविधा प्रदान गर्नुपर्नेमा जोड दिनु भयो । अध्यक्ष पाण्डेले यसो गर्दा करदाताबीच स्वस्थ प्रतिस्पर्धा वृद्धि हुने धारणा राख्नु भयो ।
कपिलवस्तु उद्योग वाणिज्य संघ, जितपुर–४ का अध्यक्ष गणेशबहादुर क्षेत्रीले कर शिक्षालाई अझै व्यापक बनाउनुपर्ने बताउँदै व्यवसायी र कर कार्यालयबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उल्लेख गर्नु भयो ।
सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष लक्ष्मण प्रसाद बेल्बासेले लगातार तीन पटक उत्कृष्ट करदाता बन्न पाउँदा संस्थाले गर्व महसुस गरेको बताउनु भयो । अध्यक्ष बेल्बासेले सहकारी अभियानप्रति राज्य सकारात्मक बन्नुपर्ने आवश्यकता औँल्याउँदै आन्तरिक राजश्व कार्यालय कृष्णनगर तथा सिनर्जी परिवारप्रति कृतज्ञता व्यक्त गर्नु भयो ।
कार्यक्रममा करदाता सेवा कार्यालय तौलिहवाकी प्रमुख शर्मिला सुवेदी, आन्तरिक राजश्व कार्यालयका कर्मचारी तथा सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय उपस्थिति थियो।
त्यसैगरी, श्रमिक सहयोगी संगठन कपिलवस्तुका अध्यक्ष ऋषभ अग्रवालले पनि कार्यक्रममा मन्तव्य राख्नु भयो । कार्यक्रम कर अधिकृत पिताम्बर न्यौपानेको सञ्चालन र कर अधिकृत महेन्द्र पुरीले स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

प्रकाशित : २ मंसिर २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६