अर्थ-वाणिज्य

५ बर्षे योजनामा १४ महिना मै ३० प्रतिशत प्रगती



बुटवल मंसिर २

लुम्बिनी प्रदेश सरकारको गौरव आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणको ५ बर्षे ठेक्का संझौता भएको भएपनि १४ महिना मै ३० प्रतिशत भौतिक प्रगती भएको छ । कार्यकारी अधिकृत छविराज पोखरेलका अनुसार भौतिक प्रगती ३० प्रतिशत भएकोमा हालसम्म वित्तीय प्रगति भने २६ प्रतिशत भएको छ ।
लुम्बिनी प्रदेश पूर्वाधारण प्राधिकरणका अनुसार निर्माण सुरु भएको १४ महिनामै यो सफलता प्राप्त भएको हो । निर्धारित समयभन्दा पहिलेनै योजना सम्पन्न गर्नेगरी तिब्र रुपमा काम अघि बढेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ईन्जिनीयर छविराज पोख्रेलले दाबी गरे । मुलुककै सबभन्दा ठूलो १२ तलाको अत्याधुनिक सुविधासहितको अस्पताल बनाउने भन्दै २०८० साल पुस २६ गते प्रदेश पूर्वाधार विकास प्राधिकरणले भवन निर्माणको लागि ठेक्का सम्झौता गरेको थियो। सम्झौता भएको आठ महिनापछि २०८१ भदौ १५ गते मात्र भवनको शिलान्यास गरी निर्माणको काम अगाडि बढाइएको थियो। हाल निर्माणस्थलमा ३ सय बढी जनशक्ति परिचालन गरिएको छ ।
सुविधा सम्पन्न दुई वटा भवन, उपकरण र आन्तरिक व्यवस्थापनसहित ८ अर्ब ९९ करोड ७५ लाख ६४ हजार लागत अनुमान गरिएकोमा भारतीय निर्माण कम्पनी क्याप साइट आशिष रेलिग्रेट भेन्चर र नेपाली कम्पनी आशिष रेलिगेसनले ६ अर्ब १८ करोड रूपैयाँमा ठेक्का सम्झौता गरेका थिए। ठेक्का सम्झौता अनुसार ५ वर्ष अर्थात् २०८५ पुस २५ गतेभित्र भवन निर्माणको काम पुरा गर्नुपर्ने सर्त रहेको छ ।

प्रकाशित : ३ मंसिर २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६