जीवनशैली

फरार कैदीबन्दी पक्राउ





काठमाडौँ, २ मङ्सिर

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जिउ मास्ने बेच्ने र सुन भन्सार चोरी पैठारी मुद्दाका फरार कैदी पक्राउ गरेको छ । गत भदौ २४ गतेको आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथदेवल सुन्धाराबाट फरार भएका धादिङ गजुरी–२ की गीता लामा र काठमाडौँका मङ्गलनारायण मोहन महर्जनलाई सोमबार पक्राउ गरिएको हो । लामा जिउ मास्ने बेच्ने मुद्दामा २२ वर्ष कैद सजाय कायम भई २०७६ मङ्सिर १९ गतेदेखि कारागार कार्यालय जगन्नाथदेवल महिला बन्दीगृह सुन्धारामा कैद भुक्तान गरिरहेकी थिइन् ।

यस्तै, सुन भन्सार चोरी पैठारी मुद्दामा एक वर्ष कैद र रु एक करोड आठ लाख ३९ हजार ७४७ बराबरको जरिवाना कायम भएका महर्जनलाई पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक एवं प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

प्रहरीले लामालाई ललितपुर महानगरपालिका–३ धोवीघाटबाट र महर्जनलाई काठमाडौँ धोवीचौरबाट पक्राउ गरी कारागार कार्यालय जगन्नाथदेवलमा पेस गरिएको जनाएको छ ।

प्रकाशित : ३ मंसिर २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६