अर्थ-वाणिज्य

दुग्ध उत्पादक सहकारीद्वारा डेरी मार्ट सञ्चालन



 चितवन, २ मङ्सिर, 

जिल्लाका दूग्ध उत्पादक किसानले भुक्तानी समयमा नपाउने र बजारीकरणमा समस्या देखिएपछि जिल्ला दूग्ध उत्पादक सहकारी सङ्घले डेरी मार्ट सञ्चालनमा ल्याएको छ । भरतपुर महानगरपालिका–१० दुरसञ्चार रोडमा मार्ट सञ्चालनमा ल्याइएको हो ।

सङ्घले अफ्नै उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले मार्ट सञ्चालन गरेको हो । रु १२ लाखको लागतमा निर्माण गरी सञ्चालनमा ल्याइएको मार्टमा झुवानीस्थित आफ्नै उद्योगबाट उत्पादित समग्रीको बिक्री बितरण गर्दै आएको छ । सङ्घका अध्यक्ष किसोर वगालेकाअनुसार सङ्घले यहाँ घ्यू, नौनी, पनिर, खुवा, दूध, दहीलगायतका उत्पादन सुपथ मूल्यमा बिक्री गर्दै आएको छ ।

जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । जसको बजारीकरणका लागि सङ्घले आफ्नै लगानीमा रत्ननगर नगरपालिका–५ मा उद्योग स्थापना गरी दूग्धजन्य वस्तुको उत्पादनसुरु गरेको हो । त्यहाँ उत्पादित सामग्रीलाई बजारीकरणका लागि मार्ट सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा उत्पादित दूध र दूग्धजन्य वस्तुको प्रवर्द्धनका लागि सङ्घले काम अघि वढाएको छ ।” 

उद्योगलाई बिक्री गरिएको दूधको भुक्तानी समयमा नपाउँदा किसान र सहकारीले समस्या झेल्दै आएका छन् । यहाँका किसानले दूग्ध विकास संस्थान र निजी क्षेत्रको गरी रु ७० करोड बढी भुक्तानी पाउन सकेका छैनन् । तस्विर सामाजिक संजालबाट 

प्रकाशित : ३ मंसिर २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६