लुम्बिनी

विजयनगरमा दुई दिने निःशुल्क आँखा जाँच शिविर



विजयनगर, ३ मंसिर

कपिलवस्तुको विजयनगर गाउँपालिकामा सञ्चालन गरिएको दुई दिने निःशुल्क आँखा जाँच शिविर सोमबार सफलतापूर्वक सम्पन्न भएको छ। विजयनगर आधारभूत अस्पताल बध्दौरमा आयोजित उक्त शिविरबाट ४०४ जनाले आँखा जाँच सेवा प्राप्त गरेका छन्।
जाँच गरिएका मध्ये १२९ जनामा मोतिबिन्दुको समस्या पुष्टि भएको अस्पतालले जनाएको छ। मोतिबिन्दु पुष्टि भएका सबै बिरामीको अस्पतालमै निःशुल्क शल्यक्रिया गरिएको विजयनगर गाउँपालिकाले जनाएको छ ।
उक्त शिविर विजयनगर गाउँपालिकाको आयोजना तथा छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल, बहादुरगञ्जको प्राविधिक सहयोगमा सम्पन्न गरिएको विजयनगर गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले बताउनु भयो ।

प्रकाशित : ४ मंसिर २०८२, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६