लुम्बिनी

प्रतियोगितामा तिलौराकोट प्रथम, उत्कृष्ट प्रतिस्पर्धी भावना प्रदर्शन



रामजित तेली, कपिलवस्तु, मंसिर ३

कपिलवस्तु नगरपालिकास्तरिय प्राथमिक तह खुला हाजिरजवाफ प्रतियोगिता उत्कृष्ट उत्साहका साथ सम्पन्न भएको छ। शैक्षिक स्तरमा प्रतिस्पर्धात्मक क्षमताको विकास र विद्यार्थीमा ज्ञान–कौशल अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा तिलौराकोट माध्यमिक विद्यालय, गोवरीले उल्लेखनीय प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको हो।
प्रतिस्पर्धामा विभिन्न विद्यालयका विद्यार्थीहरूले सहभागी भई सामान्य ज्ञानदेखि सामाजिक विज्ञान, विज्ञान तथा प्रविधि, भाषा–साहित्य एवं समसामयिक विषयमा उत्कृष्ट प्रस्तुति राखेका थिए। तीव्र प्रतिस्पर्धा माझ सन शाइन आवासीय माध्यमिक विद्यालय द्वितीय तथा सी. एन. मेमोरियल, थुम्हवा तृतीय स्थानमा चयन भए।
प्रतियोगिता श्री तिलौराकोट माध्यमिक विद्यालय, गोवरीको आयोजनामा सम्पन्न गरिएको हो। आयोजकका अनुसार विद्यार्थीहरूमा आत्मविश्वास अभिवृद्धि, समूहमा काम गर्ने सीप तथा सार्वजनिक रूपमा प्रस्तुत हुन सक्ने क्षमताको विकास यस कार्यक्रमको मुख्य उद्देश्य रहेको विद्यालयले जनाएको छ । ।
सोही अवसरमा बुद्ध पद्म माध्यमिक विद्यालय, तौलिहवालाई सान्त्वना स्थान प्रदान गरिएको थियो। कार्यक्रमका अतिथिहरूले सहभागी विद्यालय तथा विद्यार्थीहरूलाई बधाई दिंदै यस्ता प्रतियोगिताले शिक्षण–अधिगम प्रक्रियामा नयाँ ऊर्जा थप्ने भन्दै निरन्तरता आवश्यक रहेको उल्लेख गरे । कार्यक्रममा शिक्षक, अभिभावक तथा स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रकाशित : ४ मंसिर २०८२, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६