अर्थ-वाणिज्य

कपिलवस्तु महोत्सवका सारथीहरू नेतृत्वको यात्रासँगै उक्लिँदै आएको सफलताको कहानी



कपिलवस्तु, मंसिर ३

कपिलवस्तु महोत्सव केवल मनोरञ्जन वा व्यापारिक गतिविधिको केन्द्र मात्र होइन; यो जिल्लाको सामुदायिक ऊर्जा, स्थानीय पहिचान र विकास प्रतिको सामूहिक प्रतिबद्धताको प्रतीक बनेको छ। सुरु भएको करिब डेढ दशकपछि पनि महोत्सव आफ्नो निरन्तरता, प्रभाव र लोकप्रियतासँगै थप सशक्त रूपमा अघि बढिरहेको छ।
यसलाई यहाँसम्म ल्याउन विभिन्न समय–अवधिमा नेतृत्व सम्हाल्ने व्यक्तिहरूको भूमिका महत्वपूर्ण रह्यो। महोत्सवले पाएको आजको रुपरंग, पहिचान र निरन्तरतामा यी सारथीहरूको कडा मेहनत र दूरदृष्टिले महत्वपूर्ण योगदान पु¥याएको छ।
को–कोले सम्हाले महोत्सवको बागडोर ?
सन् २०६५ बाट सुरु भएको महोत्सवका संयोजकहरू यसप्रकार छन्—
१ औँ महोत्सव (२०६५) — स्व. शंकर प्रसाद आचार्य, समाजसेवी
२ औँ महोत्सव — विष्णु प्रसाद न्यौपाने, तत्कालीन कपिलवस्तु व्यापार संघ अध्यक्ष
३ औँ महोत्सव — स्व. शेरबहादुर क्षेत्री, समाजसेवी
४ औँ महोत्सव — देवी पाण्डे, कपिलवस्तु व्यापार संघ
५ औँ महोत्सव — पदम सेन, पूर्व अध्यक्ष बाणगंगा वेयलफेयर
६ औँ महोत्सव — यज्ञ प्रसाद भट्टराई, अध्यक्ष उद्योग वाणिज्य संघ
७ औँ महोत्सव — राजकुमार खाँण, अध्यक्ष बाणगंगा वेयलफेयर सोसाइटी
८ औँ महोत्सव — यज्ञ प्रसाद भट्टराई
९ औँ महोत्सव — राजकुमार खाँण
१० औँ महोत्सव — उमानाथ पौडेल, पूर्व अध्यक्ष उद्योग वाणिज्य संघ
११ औँ महोत्सव — राजकुमार खाँण
१२ औँ महोत्सव — डोलकराम घिमिरे, अध्यक्ष उद्योग वाणिज्य संघ
१३ औँ महोत्सव — डोलकराम घिमिरे
१४ औँ महोत्सव — राजकुमार खाँण
१५ औँ महोत्सव — गणेश बहादुर क्षेत्री, अध्यक्ष उद्योग वाणिज्य संघ
१६ औँ महोत्सव (२०८२) — राजकुमार खाँण, अध्यक्ष बाणगंगा वेयलफेयर सोसाइटी
नेतृत्वमा निरन्तरता र जिम्मेवारीको गहिराइ
यी सबै व्यक्तिहरूले आ–आफ्नो समय र जिम्मेवारी अनुसार महोत्सवलाई उकास्ने काम गरे। कसैले संरचनागत व्यवस्थापनमा योगदान पु¥याए, कसैले कार्यक्रम विस्तार गरे, कसैले परिचालन सुदृढ पारिदिए। विशेषगरी राजकुमार खाँण र यज्ञ प्रसाद भट्टराई जस्ता व्यक्तिहरूले बारम्बार नेतृत्व सम्हाल्दै महोत्सवलाई संस्थागत रूप दिन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। आजको १६ औँ महोत्सव पनि उनीहरूकै नेतृत्व यात्राको निरन्तरता र सामुदायिक विश्वासको उपज हो।

प्रकाशित : ४ मंसिर २०८२, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६